काठमाडौँ- टी-२० विश्वकप छनौट एसिया अन्तर्गत नेपाल र युएईबीचको सेमीफाइनल खेल सुरु भएको छ। काठमाडौँको मूलपानीस्थित क्रिकेट मैदानमा खेल सुरु भएको हो।
खेलमा युएईले टस जितेर पहिले ब्याटिङ रोजेको छ। योसँगै पहिले नेपाली टिमले बलिङ गर्ने भएको छ।
नेपाली टिममा एक खेलाडी परिवर्तन गरिएको छ। सन्दीप जोराको स्थानमा दीपेन्द्रसिंह ऐरीलाई ल्याएको छ।
घाइते भएका कारण दीपेन्द्रले समूह चरणमा मलेसिया, सिंगापुर र ओमानविरुद्धको खेल गुमाएका थिए।
नेपालले यूएईविरुद्ध जित निकालेमा यो प्रतियोगिताको फाइनल प्रवेश त गर्ने नै छ अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी–२० विश्वकप क्रिकेटमा छनोट हुने अवसर पनि पाउने छ।
बिहीबार समूह चरणको अन्तिम खेलमा ५ रनको हारपछि नेपाल समूहको उपविजेता भएर यूएईसँग खेल्नुपरेको हो।


