काठमाडौं– टी–२० विश्वकप छनोट खेलमा नेपालले १३५ रनको टार्गेट पाएको छ। टस हारेर पहिले बलिङ गरेको नेपाललाई पुरै २० ओभर खेलेर १३५ रनको टार्गेट दिएको हो।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईले ९ विकेट गुमाएर १३४ रन जोड्यो। युएईका वृत्य अरविन्दले ५१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाए। नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिए।
यो खेल जित्ने टिम अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ।
