२०८३ कार्तिक ११ गते मङ्गलबार

बालफोर घोषणापत्र : मध्यपूर्वको इतिहास बदल्ने ती ६७ शब्द

 |  बीबीसी
Sanket

बीबीसी

काठमाडौँ, कार्तिक १८
Israeli-Palestinian violence flares up

इजरायल र हमासबीचको संघर्षमा दुवै पक्षले क्षति व्यहोरिरहेका छन्। यो संघर्षमा कम्तीमा १४ सय इजरायली तथा गाजामा ८ हजार ५ सयभन्दा धेरै प्यालेस्टाइनी मारिएको विभिन्न रिपोर्टहरुले जनाएका छन्।

१०६ वर्ष पहिले बालफोर घोषणापत्रले यो संघर्षको बाटो खोलेको थियो। यस ऐतिहासिक दस्तावेजले इजरायललाई एउटा देशका रुपमा गठन हुने बाटो खोल्यो, यसपछि मध्यपूर्वको इतिहास सधैंका लागि बदल्दियो। रोचक कुरा, मध्यपूर्वलाई बदल्ने यो दस्तावेज केवल ६७ शब्दको मात्र छ।

२ नोभेम्बर १९१७
पहिलो विश्वयुद्ध चलिरहेको थियो। बेलायतले पहिलोपटक ‘प्यालेस्टाइनमा यहुदीहरुका लागि एक देश स्थापना गर्न’मा समर्थन गर्‍यो। यतिबेला प्यालेस्टाइन बेलायतको पकडमा थियो।

इजरायलीहरु बालफोर घोषणापत्रलाई आजको आधुनिक इजरायलको गठनको आधारका रुपमा हेर्छन्। त्यस्तै, अरब जगतले यसलाई बेलायतले गरेको धोका मान्छ। यस पछाडिको पनि कारण छ, पहिलो विश्वयुद्धमा अटोमन साम्राज्यविरुद्ध अरबहरुले बेलायतलाई साथ दिएका थिए। विश्वयुद्ध सकिएपछि सिंगो अरब स्वतन्त्र हुनेछ भन्ने उनीहरुको आश थियो। तर, बालफोर घोषणापत्रसँगै पहिलो चरणमा झन्डै एक लाख यहुदी शरणार्थी प्यालेस्टाइन आए।

बालफोर घोषणापत्रमा के छ?
तत्कालीन बेलायती विदेशमन्त्री आर्थर बालफोरले यो घोषणापत्रलाई एउटा खामभित्र हालेर ब्यारन लियोनल वाल्टर रोथस्चाइल्डलाई पठाएका थिए। लियोनल यस समय बेलायतमा बस्ने यहुदी समुदायका ठूला नेता थिए।

घोषणापत्रमा लेखिएको थियोः
डियर लर्ड रोथस्चाइल्ड
बेलायतका सम्राटको सरकारकातर्फबाट तपाईलाई यो बताउन पाउँदा मलाई निकै खुसी लागिरहेको छ कि यहुदीहरुको आकांक्षाहरुको समर्थन गर्दै यो प्रस्ताव क्याबिनेटमा पेस गरिएको थियो र पास भएको छ।

बेलायती सम्राटको सरकार यहुदीहरुका लागि प्यालेस्टाइनमा एक देश गठन गर्ने पक्षमा हुनुहुन्छ। यस लक्ष्यलाई हासिल गर्नका लागि जे गर्न सकिन्छ, त्यो गरिनेछ। साथै, यो विषयलाई पनि ख्याल गरिनेछ कि प्यालेस्टाइनमा रहेका गैर यहुदीहरुको धार्मिक र नागरिक अधिकार वा अन्य कुनै देशमा रहेका यहुदीहरुलाई मिलिरहेका अधिकार र त्यसको राजनीतिक स्थितमाथि कुनै प्रतिकुल प्रभाव पर्ने काम गर्न पाइने छैन।

यो घोषणापत्रको जानकारी जियोनिस्ट फेडेरेसनसम्म पुर्याइदिनुभयो भने म आभारी हुनेछु।

आर्थर जेम्स बालफोर को थिए?
बाल्फोर घोषणा आर्थर जेम्स बालफोरको नामबाट रहन गयो। घोषणापत्र तयार हुँदा उनी प्रधानमन्त्री डेभिड लोयड जर्जको क्याबिनेटमा विदेशमन्त्री थिए।

बेलायतको अभिजात्य र कुलीन वर्गको प्रतिनिधित्व गर्ने आर्थर क्याब्रिज विश्वविद्यालयको पढाई सकिएपछि कन्जरभेटिभ पार्टीको प्रतिनिधित्व गर्दै सांसद् बनेका थिए।

तत्कालीन प्यालेस्टाइनको यहुदी बस्तीमा बालफोर।

स्कटिस मूलका आर्थरसँग सन् १९०२ देखि १९०५ सम्म बेलायतको प्रधानमन्त्रीका रुपमा पनि काम गरिसकेको अनुभव थियो। उनको करियरको महत्त्वपूर्ण समय बेलायतको विदेश नीतिसँग जोडिएका योजनाहरुलाई मूर्त रुप दिनमै बित्यो।

बेलायतले यहुदीहरुलाई खुलेर समर्थन गर्नुपर्छ भन्ने पक्षमा बालफोर थिए। एक राजनीतिक विचारका रुपमा जियोनिज्म १९औँ शताब्दीको अन्त्यतिर रुपमा फैलिएको थियो।

यस विचारका समर्थकहरु प्यालेस्टाइनमा यहुदीका लागि अलग देश हुनुपर्ने माग गरिरहेका थिए। प्यालेस्टाइन प्राचीन इजरायलको भूमि रहेको यहुदीहरुको दाबी थियो। बालफोर घोषणापत्रलाई विश्वयुद्धको समय क्याबिनेटबाट पास गराउन भूमि खेलेको श्रेय आर्थरलाई मिल्ने गरेको छ।

यस कामका लागि उनलाई चिम भिजम्यान र लियोनलजस्ता बेलायतका प्रभावशाली यहुदी नेताहरुको साथ र समर्थन थियो। केही मानिसहरु आर्थरलाई पनि एक इसाई जियोनिस्ट मान्छन्।

ओल्ड टेस्टामेन्ट अफ बाइबलमा वर्णन गरिएको यहुदीहरुको इतिहास पढ्न आर्थरलाई मज्जा आउँथ्यो, त्यसैले उनलाई यहुदीहरुको मुद्दामा रुचि थियो। केही मानिसहरू आफ्नो राजनीतिक फाइदाका लागि आर्थरले यहुदीहरुको पक्षमा समर्थन दिएको बताउँछन्।

लियोनल वाल्टर को थिए?
लियोनल वाल्टर रोथ्सचाइल्डलाई बालफोरले पठाएको पत्र आफ्नो घरमा मिल्यो। बालफोरले यो ऐतिहासिक चिट्ठी वाल्टरको घरको ठेगानामै पठाएका थिए। वाल्टर यस समय बेलायतका एक शक्तिशाली बैंकिङ्ग कारोबारी थिए। उनी बेलायतको यहुदी समुदायका ठूला नेता मानिन्थे।

प्यालेस्टाइनमा यहुदी राष्ट्र गठनका लागि ठूलो लगानी गर्नेमध्ये धनाढ्य वाल्टरको परिवार एक थियो। उक्त समय रोथ्सचाइल्ड परिवार विश्वकै सबैभन्दा धनी व्यापारिक घरानामध्ये एक मानिन्थ्यों। उनीहरुले जियोनिमको मुद्दामा ठूलो लगानी र दान गरिसकेका थिए। सिधैं, लियोनल वाल्टरलाई सम्बोधन गरेर बेलायत सरकारले पत्र लेख्नुले पनि रोथ्सचाइल्डको परिवारको महत्व झल्काउँछ।

पत्रको उद्देश्य के थियो?
बेलायत सरकारलाई आशा थियो, यो घोषणाले अमेरिकामा रहेका यहुदीहरुलाई विश्वयुद्धका दौरान (एलाइड फौज) मित्र राष्ट्रका पक्षमा खडा गर्नेछ।

बेलायती नेता र केही इतिहासकारका अनुसार यहुदी समुदायको ठूलो आर्थिक शक्ति थियो, यही ताकतका कारण उनीहरुले जहिले पनि युद्धमा बेलायतको साथ दिनसक्थे। केही विज्ञहरु बेलायतले मध्यपूर्वमा युद्धपछि पनि आफ्नो उपस्थित कायमै राख्ने चाहना राखेको बताउँछन्।

पत्र लेख्नुको मनसाय जेसुकै भएपनि, यसैका आधारमा १९४८ मा इजरायल गठन भयो, धेरै प्यालेस्टाइनी आफ्नै भूमिबाट पलायन भए।

इजरायलीका लागि यहुदीहरुको प्राचीन धर्तीमा एउटा राष्ट्र बनाउने सपनामा उडान भर्ने काम बालफोर घोषणाले गरिदियो। तर, प्यालेस्टाइनीका लागि यो कठिन दिनको सुरुवात थियो।

प्यालेस्टाइनीहरुलाई उक्त घोषणापत्र चित्त बुझ्ने कुरै भएन। घोषणामा उनीहरुको पहिचानलाई बेवास्ता गरेर ‘गैर यहुदी समुदाय ’ लेखिएको छ।

पहिलो विश्वयुद्धमा अटोमन साम्राज्यको हारपछि बालफोर घोषणालाई मित्रराष्ट्रको साथ मिल्यो। यसलाई लिग अफ नेशन्सले पनि पास गर्यो।

बढ्दा यहुदीहरुको जनसंख्या देखेर असन्तुष्ट अरब समुदायले १९३० को दशकमा यहाँ आन्दोलन थाल्यो। दुबै समुदायबीच लगातार हिंसा बढ्न थाल्यो। विरोध प्रदर्शनलाई नियन्त्रण गर्नका लागि बेलायतले यहुदीहरुको आप्रवासनका लागि कोटा नै तोकिदियो।

दोस्रो विश्वयुद्धले यहुदी देश गठनको माग थप बढायो। जर्मनीमा हिट्लरको शासनकालमा यहुदीमाथि चरम दमन भएपछि यस्तो परिस्थिती बनेको थियो। १४ मेई, १९४८ को मध्यरात ‘म्यान्डेट फर प्यालेस्टाइन’ समाप्त भयो, र बेलायत औपचारिक रुपमै प्यालेस्टाइनबाट बाहिरियो। यही दिन इजरायलले आफ्नो स्वतन्त्रता घोषणा गर्यो।

बीबीसी हिन्दीबाट

प्रकाशित: २०८० कार्तिक १८ गते शनिवार ०३:२२
Sanket

बीबीसी

बेलायतको लन्डनमा मुख्यालय भएको बीबीसीले विभिन्न भाषामा समाचार उत्पादन, प्रकाशन तथा प्रसारण गर्दै आएको छ।
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना