काठमाडौं- काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा भूकम्पको धक्का महसुस भएकाे छ। शुक्रबार राति ११ः४७ बजे भूकम्पको धक्का महसुस भएकाे हो।
जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
भूकम्पको धक्का मध्य नेपाल, पश्चिम नेपाल हुँदै भारतको नयाँ दिल्लीसम्म महसुस गरिएको छ। चीनका केही स्थानमा पनि धक्का महसुस भएको छ।
भारतीय सञ्चार माध्यमहरुले नयाँ दिल्ली, उत्तरप्रदेश र विहारमा पनि भूकम्पको धक्का महसुस भएको जनाएका छन्।
तर क्षतिको कुनै विवरण भने प्राप्त भएको छैन। पछिल्लो केही समय यता पश्चिम नेपाललाई केन्द्रविन्दु बनाएर लगातार भूकम्प गइरहेका छन्।
