२०८३ कार्तिक २२ गते शनिवार

जापान बसेर बाग्लुङमा बाख्रा फार्म, ६ जनालाई रोजगारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १८
goats

गलकोट (बागलुङ)- बागलुङ गलकोटका अधिकांश मानिस रोजगारी र अध्ययनको सिलसिलामा जापानमा छन्। त्यसैमध्येका एक हुन्, चन्द्र खत्री। गलकोट नगरपालिका–५ कौलेनीका खत्री जापानमा रहे भए आफ्नै गाउँमा रु तीन करोडभन्दा बढी लगानीमा बाख्रा फार्म सञ्चालन गरिरहेका छन्।

जापानमा रोजगारी सिर्जनाको माध्यम उद्यम भएको आफ्नो २५ वर्षे अनुभव सुनाउँदै खत्रीले जन्मथलोमा रोजगारी सिर्जना गर्ने उद्देश्यले तीन वर्षअघि जामुनबोट एग्रो फार्म सञ्चालनमा ल्याएका हुन्।

‘पच्चीस वर्षदेखि जापानमा छु, अहिले वर्षमा ३ महिना नेपाल र ९ महिना जापानमा हुन्छु, आफ्नो जन्मथलोमा केही गर्ने सोच पहिलेदेखि नै आएको थियो, तर केही गर्न सकेको थिएन, तीन वर्षअघि बाख्रापालन गर्ने सोच आयो’, खत्रीले भने, ‘अहिले सालो गुमानसिंह खड्काको व्यवस्थापनमा थप पाँच जना फार्ममा कार्यरत हुनुहुन्छ, मेरो मुख्य उद्देश्य गाउँमै रोजागरी सृजना गर्नु हा।’

उनका अनुसार बाख्राको आधुनिक खोरमा मात्रै रु डेढ करोड लगानी भएको छ भने खोरमा एक हजारभन्दा बढी बाख्रा खट्ने क्षमता छ। अहिले ६ जनालाई प्रत्यक्ष रोजगारी दिएको बताउँदै खत्रीले फार्म व्यवस्थापनमा मात्रै मासिक रु तीन लाख खर्च भइरहेको बताए। हाल फार्ममा दुई सय बोका, पाठा र माउ बाख्रा छन्।

एक वर्षभित्रै जिल्लाकै ठूलो बाख्रा फार्म सञ्चालन गर्ने सोचअनुसार एक हजार बोका बाख्रा क्षमताको आधुनिक खोर निर्माण गरिएको खत्रीको भनाइ छ। खत्रीको श्रीमतीसहित छोरा बुहारीसमेत जापानमा बस्दै आएका छन्। खत्रीले नमूना र प्रविधियुक्त बाख्रापालन गर्न थालेको बताउँदै बाख्रा अध्ययन केन्द्रका रुपमा फार्मलाई विकास गर्ने गरी अगाडि बढेको बताए।

‘किसानबाट उद्यमी बन्नका लागि आधुनिक खोर, उन्नत जातको घाँस ३० बिघा जग्गामा लगाएको छु, आफ्नै मासु पसल खोल्ने योजना छ,’ थपे, ‘अहिले फार्ममा लगानी थप भइरहेको छ, पाँच वर्ष आम्दानी नगरी फार्म विस्तारमै बिताउछु।’

कोरोनाकालमा नेपाल फर्कदा गाउँमा आफ्नै केही गर्ने लक्ष्य र बाख्रापालनको सम्भावना देखेपछि लगानी गरेको उहाँको भनाइ छ। फार्ममा ९० प्रतिशत बोयर र १० प्रतिशत स्थानीय जातका बाख्रा छन्।

‘गाउँमा बाँझो जग्गा बढेको थियो, अहिले बाख्रा फार्म सञ्चालन गरेपछि हरियाली बढेको छ, गाउँबाट बसाइँसराइ गर्ने क्रमसमेत रोकिएको छ, बाख्रा फार्म हेर्न आउनेले गाउँ चलायमान भइरहेको छ’, खत्रीले भन्छन्।

तीन वर्ष पहिला ३५ वटा बाख्राबाट सुरु गरेको बाख्रापलन व्यवसायलाई अहिले दुई सयमा पु¥याइएको र आगामी वर्ष ६ सय बाख्रापालन गर्ने उनको उद्देश्य छ।

प्रकाशित: २०८० कार्तिक १८ गते शनिवार ०९:१९
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना