सुर्खेत- भूकम्पमा जाजरकोट नगरपालिकाको नापी कार्यालयमा कार्यरत अमिन एलिना भण्डारीको मृत्यु भएको छ। भाइलाई पनि आफ्नो साथमा राख्दै आइरहेकी अमिन एलिनासँगै उनका भाइ प्रज्वलको पनि भूकम्पमा निधन भएको छ।
दैलेखको दुल्लु नगरपालिका वडानम्बर ६ निवासी भण्डारी सरकारी कामका लागि जाजरकोट नापी कार्यालयमा कार्यरत थिइन्।

