काठमाडौं- भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोट र रुकुम (पश्चिम) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले लगेको हेलिकप्टरले सात घाइतेको उद्धार गरेको छ। प्रधानमन्त्री दाहालले सो हेलिकप्टर जाजरकोट नै छोडेर नियमित उडानबाट यता काठमाडौं फर्कने भएका छन्।
आफू गएको नेपाली सेनाको हेलिकप्टर घाइतेहरुको उद्धारमा छोडेर नियमित उडानबाट प्रधानमन्त्री फर्कन लागेका हुन्। प्रधानमन्त्री अहिले साढे दुई बजेको नियमित उडानबाट काठमाडौं फर्कने प्रधानमन्त्री सचिवालयका सूर्यकिरण शर्माले जानकारी दिए।
प्रधानमन्त्री दाहाल काठमाडौं फर्केपछि भूकम्प पीडितका लागि राहतको निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ।


