काठमाडौँ– जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घाइते भएकामध्ये ८ जनालाई काठमाडौँ ल्याइएको छ।
चौरजहारी विमानस्थलबाट उनीहरूलाई काठमाडौँ ल्याइएको नेपाल प्रहरीले जानकारी दिएको छ।
नेपाल एयरलाइन्सको जहाजले ८ घाइतेलाई काठमाडौँ ल्याएको हो। उनीहरूलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।
रुकुमबाट सात घाइतेसहित १५ यात्रु लिएर निगमको जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो।

