काठमाडौँ- शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ।
भूकम्पमा परी १६६ जना घाइते भएको नेपाल प्रहरीले जानकारी दिएको छ।
मृतकमध्ये जाजरकोटका १०५ जना छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ।
जाजरकोटमा ८१ जना घाइते रहेका छन् भने रुकुम पश्चिममा ८५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।
घाइतेहरूको काठमाडौं, बाँके, सुर्खेतलगायतका जिल्लामा रहेका अस्पतालमा उपचार भइरहेको छ।



