२०८३ कार्तिक १४ गते शुक्रबार

भूकम्पपीडित भन्छन्- भाग्यले बाचेँ

 |  राकेशकुमार मिश्र
Sanket

राकेशकुमार मिश्र

बाँके, कार्तिक १८
1699107263_Untitled-18-1200×560

खजुरा (बाँके)- जाजरकोट भेरी नगरपालिका–३ खलङ्गाका ४८ वर्षीय विमलकुमार कार्की भूकम्पमा परी घाइते भएका छन्। उनी गएरातिको भूकम्पबाट घर भत्किएपछि च्यापिएका थिए।

उद्धारपछि कार्कीले भने, ‘भाग्यले बाँचे।’ दुईतले कच्ची घरमा राति एक्लै सुतिरहेका बेला एक्कासी भूकम्प गएको र ब्युँझिएर अत्तालिएर घरबाट बाहिर निस्कन खोज्दा घर गल्र्याम्म ढल्दा माटोले च्यापिएर घाइते भएको उनले सुनाए।

घाइते कार्कीले आफ्ना दुःख सुनाउँदै भने, ‘एक्कासी भूकम्प आएको थाहा पाएर झ्यालबाट बाहिर निस्कन खोज्दा झ्यालसँगै तल खसेँ र माटोले मेरो दुईवटै खुट्टा च्यापियो। रातिको समय थियो, एकछिन होसहवास गुम्यो, पछि होस आउँदा म बेस्सरी कराएँ। आधा घण्टापछि भतिज मन्दीप कार्की आयो। राति साढे १ बजे अस्पताल पुगेँ।’

काका एक्कासी चिच्चयाएको आवाज सुनेर म दौडेर पुगेको घाइते कार्कीका भतिज मन्दीपले बताए। उनले भने, ‘म पुगेपछि वरिपरिका मानिसलाई बोलाएर स्टेचरमा बोकेर जाजरकोट अस्पताल पुर्‍याऔँ र त्यहाँ पनि घटनाका घाइतेको ठूलो भीडभाड रहेछ, डाक्टरले उहाँलाई राति साढे ३ बजे नेपालगञ्ज सिफारिस गर्नुभयो।’ मन्दीपले काकालाई आज बिहान साढे ७ बजे एम्बुलेन्समा राखेर भेरी अस्पतालमा ल्याइपुर्‍याएका हुन्।

घाइतेमध्ये विमलकुमार नै पहिलो बिरामी उपचारमा आएको अस्पतालले जनाएको छ। अस्पतालका चिकित्सकले परीक्षण गर्दा विमलकुमारको दाहिने खुट्टाको दुई भाग भाँचिएको अस्पतालले जनाएको छ। २२ वर्ष पुरानो दुईतले कच्ची घरले झनै ज्यान बचाएको घाइते उनले बताए।

विमलकुमारको घर नजिकै ससुरालीमा रहेकाले श्रीमती र तीन छोरी बाँचेको बताए। आज राति घरमा उनी एक्लै थिए। उनकी श्रीमती र छोरी ससुराली गएकाले बाँचे नत्र घटनामा परेर बाँच्थेन होला’ विमलकुमारले भने।

भगवान्ले हाम्रो परिवारलाई जोगाएको घाइते विमलकुमारकी श्रीमती चन्द्रसिंहले बताइन्। उनले म घटनाको बारेमा थाहा पाउनैबित्तिकै श्रीमान्लाई खोज्दै जाजरकोट अस्पताल पुगेको सुनाए। उनले भूकम्प गएपछि छोरीलाई उठाएर बाहिर भागेर ज्यान बचाएको बताए। उनी बसेको घर भूकम्पले सामान्य भत्किएको र चिरा परेको उनको भनाइ थियो।

चन्द्रसिंहले घटनालाई सम्झेर यस्तो ठूलो विपद्ले हामी त सदरमुकामकालाई यस्तो भयो, भूकम्पको केन्द्रबिन्दु भएको क्षेत्रका मानिसको अवस्था के होला भनेर प्रश्न गरे। जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पमा परी गम्भीर घाइते भएकालाई थप उपचारका लागि नेपालगन्ज ल्याउने क्रम जारी रहेको छ।

हालसम्म ३२ जना घाइतेलाई ल्याइएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले बताए। उनका अनुसार ३२ घाइतेमध्ये दुई जनाको अवस्था जटिल रहेको छ। अस्पतालका मेसु डा रायमाझीले अस्पतालका सम्पूर्ण चिकित्सकसहितका कर्मचारीलाई उपचारकार्यमा खटाइएको भन्दै घाइते सबैको निःशुल्क उपचार भइरहेको बताए।

भूकम्पमा परी गम्भीर घाइतेहरूको उपचारका लागि नेपालगन्जको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, कोहलपुर शिक्षण अस्पतालमा उपचारको व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए। उनका अनुसार घाइते तथा घाइतेका आफन्तका लागि सहजताका लागि स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठलाई तोकिएको छ।

भूकम्पपीडितका लागि राहत सङ्कलन
जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि राहतस्वरुप बाँकेमा सहयोग सङ्कलन अभियान सुरु भएको छ। बाँकेका चारवटा स्थानीय तहले १० लाख बढीको सहयोग गर्ने निर्णय गरेका छन्।

स्थानीय तहहरूले खाद्यान्न र गैरखाद्य सहयोगसँगै स्वास्थ्यकर्मीको टिम परिचालन गर्ने निर्णय गरेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा पालिकाले गर्ने सहयोगबारेमा निर्णय गरेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।

नेपालगन्ज उपमहानगरपालिकाले चार लाख बराबरको खाद्यान्न, त्रिपाल, झुलसहित सामग्री र मेडिकल टिम परिचालन गर्ने भएको छ। कोहलपुर नगरपालिकाले दुई लाख बराबरका औषधि र खाद्यान्न उपलब्ध गराउने जनाएको छ।

राप्तीसोनारी गाउँपालिकाले एक लाख बराबरको औषधि, ५० हजार बराबरको खाद्यान्न र एक जना चिकित्सकसहित स्वास्थ्यकर्मीको टिम परिचालन गर्ने भएको छ। राप्तीसोनारीले २० थान कम्बल र २० थान त्रिपाल सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए।

खजुरा गाउँपालिकाले तीन लाख बराबरको औषधि सहयोग गर्ने भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले १० थान टेन्ट, ५० थान त्रिपाल, ५० थान कम्बल उपलब्ध गराउने, केमिकल एण्ड मेडिकल एशोसिएसन सप्लायर्स सर्जिकल प्रालिबाट तीन सय ५० केजी चिउरा र नौ सय प्याकेट चाउचाउ उपलब्ध गराएको छ।

यसैगरी केयर नेपाल र एडब्लुओ संस्थाको सहयोगमा दुई सय परिवारका लागि त्रिपाल, दुई सय परिवारका लागि त्रिपाल, म्याट्रेस कम्बल सहयोग गर्ने, नेपालगन्ज ग्रिन सिटीकातर्फबाट २५ बोरा चामल, दुई सय किलो चिउरा र ४० पेटी चाउचाउ सहयोग गरिएको छ।

यी सबै सामग्रीलाई राँझास्थित मानवीय सहायता कक्षमा सङ्कलन गर्ने र घाइते लिएर आएको हवाईजहाज (हेलिकोप्टर) मार्फत पीडितसमक्ष पठाउने तयारी भएको प्रजिअ पोखरेलले बताए। –रासस

प्रकाशित: २०८० कार्तिक १८ गते शनिवार १०:२५
प्रतिक्रिया

थप समाचार

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना