काठमाडौँ- आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधि जित्नका लागि नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले ६ विकेट गुमाएर निर्धारित ओभरमा १८४ रनको योगफल तयार पारेको हो।
नेपालका लागि गुलसन झाले ५४ रनको अर्धशतकीय पारी खेले। २५ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे।
नेपालका रोहित पौड्यलले ५२ रनको अर्धशतकीय पारी खेले। ३७ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।
त्यस्तै कुशल भुर्तेल ३१ रन बनाउँदा करण केसीले मात्र ६ बलमा २० रनको योगदान गरे।
बलिङतर्फ ओमानका लागि बिलाल खानले तीन विकेट लिए। त्यस्तै काकिव लियस दुई विकेट लिँदा जेसन मक्सोदले एक विकेट लिए।
टी–ट्वान्दी विश्वकपमा छनोट भइसकेका दुई टोली आज एसियाकप फाइनल छनोटको उपाधि जित्ने लक्ष्यमा छन्।


