काठमाडौं– टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानले पहिलो विकेट गुमाएको छ। ओमानको पहिलो विकेट नेपालका सोमपाल कामीले लिएका हुन्।
सोमपालले ओमानका ओपनर प्रतीक अथावालेलाई आउट गरेका छन्। सोमपालले तेस्रो ओभरको अन्तिम बलमा विकेट लिएका हुन् ।
उपाधिका लागि भइरहेको खेलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ।
