२०८३ कार्तिक १२ गते बुधबार

नागढुंगामा २२० मिटर सुरुङ खन्न बाँकी, चालु आवमा काम सक्न मुस्किल

 |  हरिप्रसाद शर्मा
Sanket

हरिप्रसाद शर्मा

काठमाडौँ, कार्तिक १९
nagdhunga_surung (2)

काठमाडौँ- निर्माणधीन नागढुंगा सुरुङमार्गको निर्माण एक वर्षभित्र पूरा नहुने देखिएको छ। कोरोना महामारी, स्थानीयको अवरोधलगायतका कारणले परियोजना लामो समय अवरुद्ध बनेकाले निर्धारित मितिमा काम नसकिने देखिएको आयोजनाले बताएको छ।

सरकारले यसअघि निर्माणको काम गर्न एक वर्ष म्याद थप गरिदिएको थियो। उक्त सीमामा पनि निर्माण कम्पनीले काम नसक्ने भएको हो।

यसअघि २०८० असार मसान्तभित्र परियोजना नर्माण सम्पन्न हुने समयसीमा थियो। उक्त समयसीमाभित्र निर्माण सम्पन्न हुन नसकेपछि सरकारले एक वर्ष म्याद थप गरेको थियो। थपिएको म्यादअनुसार, नागढुंगा परियोजना आगामी २०८१ असार मसान्तभित्र सम्पन्न हुनुपर्छ। तर, उक्त समयसीमाभित्र सुरुङमार्ग परियोजना सम्पन्न गरेर सवारीसाधन सञ्चालन गर्न चुनौती छ। एक वर्षभित्र परियोजना सम्पन्न हुनेमा सडक विभाग आश्वस्त छैन।

‘अहिलेको अवस्थामा निर्माण कम्पनीले चालु आर्थिक वर्षभित्र काम सक्नेमा शंका छ,’ सडक विभागका उपमहानिर्देशक रामहरी खतिवडाले नेपाल क्लिक्ससँग भने, ‘सुरुङमार्गको ब्रेकथ्रु गरेपछि पनि भित्र लाइनिङ, उपकरण जडान गर्नुपर्ने र फिनिसिङका कामहरु बाँकी नै छन्।’

२०८१ भदौ वा असोजभित्र गाडी चलाउने लक्ष्य रहेपनि त्यो प्रभावित हुन सक्ने उनको भनाइ छ। अझै पनि २२० मिटर मूख्य सुरुङमार्ग खन्न बाँकी रहेको उनको भनाइ छ।

‘हाम्रो लक्ष्य आगामी २०८१ भदौ/असोजभित्र निर्माण सम्पन्न गरेर गाडी चलाउने भन्ने नै हो,’ उनले भने, ‘मुख्य सुरुङमार्फ ब्रेकथ्रु हुन २२० मिटर खन्न बाँकी छ। त्यो सकेपछि उपकरण जडान र फिनिसिङका काम सम्पन्न गर्दा एक वर्षभन्दा बढी समय लाग्ने देखिन्छ।’

आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने बेला विश्वव्यापी कोरोना महामारीका कारण २ वर्ष जति निर्माण अवरुद्ध र सुस्त गतिमा अघि बढिरहेको थियो। त्यसपछि स्थानीयको अवरोधका कारण परियोजनाको निर्माण अवरुद्ध हुँदै आएको छ।

सरकारले अवैध क्रसर बन्द गर्ने निर्णयपछि पनि परियोजना अवरुद्ध भयो। निर्माण सामग्री ढुवानी र आपूर्ति गर्ने क्रसर उद्योग बन्द हुन थालेपछि त्यसको प्रत्यक्ष असर परियोजनाले व्यहोर्नुपर्‍यो।

अवरोधको भय पनि
नागढुंगा सुरुङमार्ग परियोजना निर्माण अन्तिम अवस्थामा पुगे पनि स्थानीयको अवरोध र मुआब्जा समस्या कायमै छ। परियोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण र मुआब्जा वितरणको समस्या अहिलेसम्म पनि टुंगिन सकेको छैन।

बेलाबेला परियोजना निर्माणमा स्थानीय बासिन्दाको अवरोध र तोडफोडका कारण पनि निर्माण अवरुद्ध हुने गरेको आयोजनाका कर्मचारी बताउँछन्। खासगरी, धादिङतर्फ त्रिभुवन राजमार्गको भित्तापट्टी ‘वाल’ लगाउन त्यहाँको जमिन अधिग्रहण गर्न सकिएको छैन।

स्थानीयले करिब १०० मिटरको जग्गाको मुआब्जा माग गर्दै अवरोध गरिरहेको छन्। उक्त जग्गा सडक विभागअन्तर्गतकै पर्ने परियोजनाको दाबी छ। वाल लगाउन नपाउँदा पश्चिमतर्फ पर्ने ठाउँ पिँच गर्न नपाएको उनले बताए।

धादिङखण्डमै करिब ४ वटा स्थानीयका घर अधिग्रहण गर्नुपर्नेमा अदालतमा परेको मुद्धाका नटुंगिएका कारण घरवालाले घर भत्काएका छैनन्।

यसबाहेक काठमाडौंतर्फ पनि त्यहाँका स्थानीय बासिन्दाले परियोजना निर्माणका क्रममा पटकपटक अवरोध गर्दै आएका छन्।

४२ महिनाभित्र सम्पन्न गर्ने गरी २०७६ कात्तिक २६ गतेदेखि जापानी ठेकेदार कम्पनी हाज्मा एन्दो जेभीले निर्माण सुरु गरेको थियो।

हालसम्म परियोजनाको ८५ प्रतिशत निर्माण सम्पन्न भइसकेको परियोजनाले जनाएको छ। जापानी सहयोग नियोग (जाइका)को १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब गरी कुल २२ अर्ब रुपैयाँ लगानीमा सुरु गरिएको थियो।

प्रकाशित: २०८० कार्तिक १९ गते आईतबार ०७:०७
Sanket

हरिप्रसाद शर्मा

शर्मा अर्थराजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना