काठमाडौं- पश्चिम नेपालमा फेरी भूकम्पको धक्का महसूस भएको छ।
सोमबार अपरान्ह ४:३१ मा ५.८ म्याग्निच्यूडको भूकम्पको धक्का महसूस भएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु जाजरकोटको रामीडाँडा आसपास हो।
गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
आजको धक्का सोही भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ। शुक्रबार मध्यरातको भूकम्पमा परी १५७ जनाले ज्यान गुमाएका छन्।


