काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजित उत्तरदायित्वअन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोप राहत उद्दार कोषमा रु १० लाख सहयोग गर्ने भएको छ।
आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०८० सालकार्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिमलगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षतिभएको र उक्त राहत रकमले भूकम्पप्रभावित क्षेत्रमा उद्दार र राहतपुगोस् भन्ने हेतुले कोषमा रकम प्रदान गर्ने निर्णय गरेको हो ।
पीडित परिवारहरू प्रति गहिरो समवेदना प्रकट गर्दै समुदायलाई आवश्यकता परेको समयमा यस्तै संस्थागत सामाजिक उत्तरदायित्व कार्य गरि सहयोग र हातेमालो गर्न कम्पनी अग्रसर रहने आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुखकार्यकारी अधिकृत कवि फुयालले बताउनुभयो।
