२०८३ कार्तिक १२ गते बुधबार

‘सांसद पद’ कल्पना गरेजस्तो लागेन सपनालाई

 |  नारायण न्यौपाने
Sanket

नारायण न्यौपाने

काठमाडौँ, कार्तिक २१
sapana_Raj_Bhandari

काठमाडौँ- नेपाली कांग्रेसकी नेत्री सपना राजभण्डारी राष्ट्रियता र राष्ट्रिय हितका विषयमा देशका सबै राजनीतिक शक्तिको साझा धारणा आउनुपर्ने बताउँछिन्। जनता र देशका हितका सवालमा सबै शक्ति एकै ठाउँमा उभिनुपर्नेमा जोड दिँदै उनले एक पक्षले उठाएका विषयलाई अर्काले खण्डन गर्दै जुहारी खेल्ने काम भइरहेकामा त्यसमा सुधारको खाँचो औँल्याए।

‘मुलुकको हित हुने विषयमा सरकार, प्रमुख प्रतिपक्षलगायत पक्ष एक ठाउँमा उभिनुपर्छ, अहिले त्यस्ता विषयमा समेत सदनमा दलहरूबीच जुहारी खेलेजस्तो अनुभव भइरहेको छ,’ सांसद राजभण्डारी भन्छिन्।

नेत्री राजभण्डारीले नेतृत्वले देश, समाज र जनतालाई ठिक बाटाबाट डोहोर्याउन पार्टीको आन्तरिक जीवनमा प्रशिक्षण दिनुपर्नेमा जोड दिए। ‘सांसदसँग रासस संवाद’मा प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट निर्वाचित सांसद उनले विभिन्न विधि र प्रक्रिया कारण राजनीतिक रूपमा बाहिरबाट कल्पना गरिएजस्तो आफूले सदनमा महसुस गर्न नपाएको उल्लेख गरिन्। ‘कानुन निर्माणका हिसाबले जति काम गर्नुपर्दथ्यो, त्यो अनुभव गर्न पाएइन,’ उनले बताइन्।

पछिल्लो निर्वाचन परिणामले प्रमुख राजनीति दलप्रति जनतामा केही वितृष्णा आएको पक्षलाई नकार्न नमिल्ने बताउँदै सांसद राजभण्डारीले आस्थाका आधारमा नभई जनताकेन्द्रित कार्यक्रम ल्याएर तिनमा उत्साह भर्न सकिने धारणा राखे।

उनको कार्यक्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाको नेवारी समुदायको सांस्कृतिक सम्पदा, जात्रा, डबली र मठमन्दिर भएको क्षेत्र छ। नेपाल विद्यार्थी सङ्घबाट राजनीति यात्रा प्रारम्भ गरेकी राजभण्डारीले काठमाडौँ जिल्लामा पार्टी सङ्गठन विस्तारमा सक्रियपूर्वक योगदान पुर्याउँदै आएकी छन्।

सहरी र सानो निर्वाचन क्षेत्र भएकाले खानेपानीबाहेक विकास निर्माणका हिसाबले मतदाताको खासै गुनासो नआएको सांसद राजभण्डारी बताउँछिन्। निर्वाचन क्षेत्र नं ८ का मतदाता संस्कृति संरक्षणसम्बन्धी विषय धेरै उठाउँछन्। विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका, स्वयम्भूसहित यहाँ नेवारी संस्कृति धेरै छ। इन्द्रजात्रा र अरू जात्रा तथा गुठीका संरक्षणको विषय प्रखररूपमा उठ्ने गरेको छ।

पुरातात्त्विक महत्त्व बोकेको क्षेत्र भएकाले यसको संरक्षण र संवर्द्धन गर्नु राज्यको दायित्व भएको विचार प्रकट गर्दैसांसद राजभण्डारीले ती संरचना र संस्कृतिलाई जोगाउन तथा व्यवस्थित गर्न सकिएमा संसारकै आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सकिने प्रशस्तै सम्भावना बोकेको बताइन्।

सदनमा शून्य, विशेष र आकस्मिक समयमा विभिन्न महत्त्वका जल्दाबल्दा विषय उठाइए पनि सम्बोधन भने नभएको गुनासो गर्दै नेत्री राजभण्डारीले असल जनप्रतिनिधि बन्न कानुन निर्माणको जिम्मेवारी पूरा गर्दै जनताका समस्या बुझ्ने र सम्बोधनमा लाग्नुपर्नेमा जोड दिए।

नेपाल विद्यार्थी सङ्घबाट राजनीति यात्रा प्रारम्भ गरेकी राजभण्डारीले काठमाडौँ जिल्लामा पार्टी सङ्गठन विस्तारमा सक्रियपूर्वक योगदान पुर्याउँदै आएकी छन्।

सांसद राजभण्डारीले सदनमा हुने बहसको प्रत्यक्ष प्रसारणको व्यवस्था भई जनताले नजिकबाट नियालिरहेकाले अभिव्यक्ति र प्रस्तुतीकरणमा देखिने अशोभनीय विषयलाई तत्काल सुधार गर्न तत्तत् राजनीतिक दलका नेतृत्वले सांसदलाई सुझाव र प्रशिक्षण दिनुपर्ने खाँचो औँल्याए।

कांग्रेस नेता नवीन्द्रराज जोशीकी धर्मपत्नीले महिला भएकै कारण सदनमा अवसर प्राप्त गर्ने सन्दर्भमा असहजता भोग्नु नपरे पनि बोल्न समय दिँदा कहिलेकाहीँ आफ्नो नाम पछि परेको हो कि भन्ने अनुभूति सुनाए। एक प्रसङ्गमा उनले भने, ‘अहिले निर्वाचन प्रणाली खर्चिलो छ, निष्ठाको राजनीतिक ओझेलमा परेको पनि सुनिएको छ, आचारसंहिता पालना राम्रोसँग हुन सकेन। राम्रो अभ्यासलाई होइन, नराम्रा विषयलाई अनुसरण गरिँदा यो अवस्था आएको हो।’

विधेयक ल्याउने विषयमा सांसदलाई पूर्वजानकारी दिने तथा त्यसबारे छलफल गर्ने र बुझाउने विषय संसदीय दलमा खासै नहुने गरेको उनले बताए। उनले भ्रष्टाचारका कारण जनतालाई छिटोछरितो र सुलभरूपमा सेवा प्राप्त गर्न चुनौती खडा भइरहेको अनुभव पनि सुनाए। ‘भ्रष्टाचार, अनियमितता र महँगीविरुद्ध जनताले निरन्तर खबरदारी गर्नुपर्ने देखिएको छ,’ उनले भनिन्, ‘अन्यायविरुद्ध आवाज नउठाएसम्म गलत कार्य रोकिँदैन। सांसदले पनि सदनमा आफ्नो आवाज मुखरित गर्नुपर्छ।’

अहिले विदेश पलायनको स्थिति हेर्दा केही वर्षमै युवा, विद्यार्थी मुलुकमा रहलान् र भन्ने प्रश्न उब्जिरहेको उल्लेख गर्दै सांसद राजभण्डारीले मुलुकको ठूलो जनशक्ति युवालाई पढाइ सकिनेबित्तिकै रोजगारीको सुनिश्चिता दिलाउन विभिन्न राष्ट्रिय कार्यक्रम ल्याउन आवश्यक रहेको बताए।

‘विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय शिक्षा दिने, बन्द रहेका उद्योग पुनः सञ्चालन गर्ने, थप रोजगारीका क्षेत्र विस्तारलाई प्राथमिकता दिने गर्नुपर्छ, यसले तिनमा देशभक्ति बढाउँछ र रोजगारी पनि दिलाउँछ,’ उनले भने।

प्रकाशित: २०८० कार्तिक २१ गते मङ्गलबार १२:०८
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना