काठमाडौं- एनएमबी बैंक लिमिटेडले जाजरकोट भूकम्पपीडितको राहतका लागि ५० लाख नगद सहयोग गर्ने भएको छ। प्रदान गर्ने निर्णय गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख नगद सहयोग प्रदान गर्ने निर्णय भएको बैंकले जानकारी दिएको छ।
कात्तिक १७ गते राति गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत आसपासको क्षेत्रमा परेको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकमले सहयोग पुग्ने कुरामा बैंक विश्वस्त रहेको छ।


