काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा आगामी नोभेम्बर ७ देखि ११ सम्म महाएक्स्चेन्ज महोत्सव आयोजना हुने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले महाएक्स्चेन्ज महोत्सव उमंगै उमंगको आयोजना गर्ने तयारी गरेको हो ।
महाएक्स्चेन्ज महोत्सव उमंगै उमंगको महोत्सवकै माध्यमबाट कम्पनीले आपाचे आरटीआर १६० फोरभीएफआइ सईपनि सार्वजनिक गर्ने तयारी गरेको छ । सवारी साधनमा उत्कृष्ट गुणस्तरको प्रतिबद्धता र उत्कृष्ट उपभोक्ता अनुभवका लागि परिचित जगदम्बा मोटर्सले महाउत्सवका रुपमा मनाउन महोत्सवको आयोजना गर्न लागेको हो ।
महाएक्स्चेन्ज महोत्सव उमंगै उमंगको महोत्सवमा उपभोक्ताले कुनैपनि ब्राण्डको पुरानो बाईक वा स्कुटरको एक्स्चेन्ज गर्दा विभिन्न सुविधा तथा अफरहरु हात पार्न सक्नेछन्। उपभोक्ताले मेलामार्फत आफ्ना पुराना बाईक वा स्कुटरको एक्स्चेन्ज गर्दा रु. ५० हजार सम्मको एक्स्चेन्ज भ्यालु एडिशन, नकिन्दा १ लाख र किन्दा ५ लाखसम्मको क्याश डिस्काउन्ट र साथै बम्पर उपहारमा रु. १० लाख नगद जित्ने अवसर समेत प्राप्त गर्नेछन्।
साथै २५ प्रतिशत सम्मको न्यून डाउन पेमेन्ट, हेल्मेट, बाईक कभर र ब्यागलगायत फ्रि एक्सेसरिजको स्विधा पनि महोत्सवमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यी लगायत सम्पुर्ण सुविधाका साथै शुन्य प्रतिशत ब्याजदरमा नया ँबाईक खरिद गर्ने अफर पनि महोत्सवमा उपलब्ध कम्पनीले जनाएको छ ।
म्हाएक्स्चेन्ज मेला, उमंगै उमंगको नयाँ सवारी सार्वजनिकका साथै आकर्षक एकस्चेन्ज अफरका साथै उपहारहरुको पनि ब्यवस्था गरेको छ । मोटरसाइकलकापारखीहरुले यो अवसरछुट्याउनै नहुने कम्पनीको भनाइ छ ।
जगदम्बामोटर्सप्रा लि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनकालागि एक मात्रआधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियोराष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमाआफ्नो मजबुत पकड राख्नतथाग्राहकहरूको मनमस्तिष्कमाउच्च स्थानजमाउन सफल छ । गुणस्तरीय उत्पादनहरु,बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।


