२०८३ कार्तिक १४ गते शुक्रबार

५४ दिनदेखि कार्यालयबाटै बेपत्ता छन् टेलिकमका अधिकृत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २२
dili

विराटनगर- नेपाल टेलिकम झापा सुरुङ्गा शाखामा कार्यरत् लेखा अधिकृत दिलीप सुवेदी बेपत्ता भएको बुधबार ५४ दिन पुगेको छ। कार्यालयका निमित्त प्रमुख समेत रहेका उनको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन।

दिलीप बेपत्ता भएपछि उनको परिवार पीडामा छ। विराटनगर महानगरपालिका–४ राजवंशी चोकका सुवेदी लेखा अधिकृत (छैटौं तह) उत्तीर्ण गरेर २०७९ फागुनदेखि टेलिकल सुरुङ्गामा कार्यरत थिए। तर उनी २०८० भदौ ३० गते शनिबार बिहान करिब साढे ९ बजेपछि बेपत्ता भए।

उनको अवस्था अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीको भनाइ छ। छोरो बेपत्ता भएको यतिका दिन पुग्दा पनि केही पत्ता लाग्न नसकेकाले ६७ वर्षीय बुवा नेत्रप्रसाद सुवेदी विक्षिप्त छन्।

झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार सुवेदी बेपत्ता भएकै बेलाबाट कोशी प्रदेश प्रहरीको अनुसन्धान टोली र झापा प्रहरीले खोजी तीव्र पारेको छ। तर, उनी बेपत्ता हुनुको कुनै ‘क्लू’ नै फेला पर्न नसकेको रिजालले बताए।

‘हामीले विभिन्न तरिकाले अनुसन्धान गरिरहेका छौं, कुनै एंगलबाट केही क्लू नै फेला परेको छैन,’ उनले भने।  उनलाई कसैले बेपत्ता पार्‍यो कि भन्ने पाटोबाट प्रहरीले खोज्यो। ‘कसैले अपहरण गरेको हो भन्ने पाटोबाट हामीले हेर्‍यौं तर केही पत्ता लाग्न सकेन,’ उनले भने।

के भएको थियो?
दिलीप भदौ ३० गते शनिबार बिहान करिब ६:१५ बजेतिर सुरुङ्गास्थित टेलिकम कार्यालयमा पुगेका थिए।

उनी सुरक्षागार्ड ओमप्रकाश खरेललाई स्कुटर लिएर चिया पिउन भन्दै बाहिर निस्किए। उनीहरू दुबै बिहान ७ बजेतिर चिया पिएर कार्यालयमा फर्किए। दिलीप कार्यालयको माथिल्लो तलामा रहेको गेष्ट रुममा आराम गर्न भन्दै गएका थिए।

त्यसपछि सुरक्षा गार्ड गेटमा आफ्नो ड्युटीमा लागेका थिए।

‘दिलीपले करिब ८:२० बजेदेखि ८:४७ बजेसम्म बुहारी ब्रजुना भट्टराईसँग २७ मिनेटजति भिडियो कल गरेको पाइयो,’ बुवा नेत्रप्रसाले भने। उनले बुहारीसँग पनि सामान्य कुराकानी नै गरेका दिलीपलाई मध्यान्न करिब १२ बजेतिर पुनः ब्रजुनाले फोन गर्दा फोन अफ भएको थियो।

दिनभरि प्रयास गर्दा पनि फोन लागेन बताए। छोराको फोन नलागेपछि विराटनगरबाट आफूहरू बेलुका करिब ६ बजेतिर डेरामा बुझ्न लगाउँदा डेराबाट बिहानै निस्केपछि त्यहाँ नआएको जानकारी पाएको नेत्रप्रसादले बताए।

‘डेरामा थाहा नभएपछि कार्यालयमा बुझ्दा बिहान कार्यालयमा प्रवेश गरेको तर त्यहाँबाट बाहिर निस्केको सुरक्षागार्डले नदेखेको जानकारी आयो,’ उनले भने, ‘उनले चलाउने स्कुटरको चाबी र मोबाइलको चार्जर पनि कार्यालयकै गेष्ट रुममा थियो, हामी सोही साँझ प्रहरी चौकी सुरुङ्गामा खोजीका लागि अनुरोध गर्‍यौं।’

त्यसपछिको प्रहरी अनुसन्धानका क्रममा दिलीपको कोठाको तलासी लिँदा उनको पर्स, चस्मा समेत कोठामा नै भेटिएको थियो। दिलीप कोठाबाट कार्यालयसम्म टी–सर्ट, ट्रयाक र चप्पल लगाएर दिलीप पुगेका थिए।

नेत्रप्रसादले घटना शंकास्पद भएको भन्दै गहिरो अनुसन्धानका लागि आग्रह गरेका छन्।

‘चारैतिर पर्खाल लागेको कार्यालयबाट निस्किएको भए सुरक्षागार्डले कसरी देखेनन्? अहिलेसम्म छोरोको सास वा लास पत्ता लाग्न सकेको छैन,’ उनले भने, ‘यत्रो दिन बेपत्ता हुनु कुनै संयोग मात्र हो त?’

उनले यत्रो दिनदेखि प्रहरीबाट खोजी भए पनि छोराको अवस्थाबारे जानकारी नपाएका कारण घर परिवार अत्यन्तै पीडामा रहेको बताए। उनले अनुसन्धानमा संलग्न प्रहरी प्रशासनले पहिलेदेखि नै पारिवारिक कारणले गर्दा नै बेपत्ता भएको भनेर परिवार केन्द्रित मात्रै भएर अनुसन्धान गर्दा अपेक्षित नतिजा आउन नसकेको बताए।

प्रकाशित: २०८० कार्तिक २२ गते बुधबार ०९:०३
प्रतिक्रिया

थप समाचार

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना