पोखरा- चीनले नेपाललाई झन्डै ४० करोडका राहत सामग्री हस्तान्तरण गरेको छ। स्थलमार्गबाट १० करोडका सामग्री पठाएको चीनले हवाइ मार्गबाट ३० करोडका सामग्री पठाएको हो।
नेपालका लागि चिनियाँ राजदूत छन सङले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चीन सरकारले पठाएका राहत सामाग्री बुझाएका हुन्। ती सामग्री ३० करोड बराबरका रहेको बताइएको छ।पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुई वटा एयरक्राफ्टमार्फत सामग्री आएका थिए।
सामग्री बुझ्दै मन्त्री श्रेष्ठले नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुवै मुलुक एकअर्काको दु:खमा साथमा रहेको र यो सहयोगले त्यसलाई अझ प्रमाणित गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए।
चीनले हवाइमार्गबाट ब्लाङ्केट ४६ सय थान ब्ल्याङकेट, ६ सय थान टेन्टलगायतका सामग्री पठाएको छ।
यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको छ। २३ सय टेन्ट, दुई हजार ब्लाङकेट, ७ टर्पलिन, ५ सय वटा महामारी रोक्ने स्पेयर र साँढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन्।
बिहान काठमाडौं आइपुगेको उक्त सामाग्री तत्काल प्रभावित क्षेत्रमा पठाइने छ भने पोखरा आएको सागाग्री पनि प्रभावित क्षेत्रमा पठाउने तयारी छ।


