२०८३ कार्तिक १५ गते शनिवार

घाइते म्याक्सवेलले कसरी बनाए दोहोरो शतक? यस्तो छ पूर्वक्रिकेटरहरूको विश्लेषण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २२
maxwell

काठमाडौं- ‘म ४० वर्षको भएँ। ६ नम्बरमा आएर २०० रन बनाउने नटआउट रहने ब्याट्सम्यान कहिलै देखेको थिइन्। वानखडे स्टेडियम र त्यहाँ उपस्थित दर्शकले यो खेललाई कहिलै भुल्न सक्दैनन। म्याक्वेल भाइ, तिमीलाई सलाम, तिम्रो साथमा हाम्रो दुआ रहनेछ,’ भारतीय पूर्व क्रिकेटर मोहम्मद कैफले मंगलबार राति अष्ट्रेलिया भर्सेस अफगानिस्तानबीचको खेल सकिने वित्तिकै एक्समा लेखे। अष्ट्रेलियाका ब्याट्सम्यान म्याक्सेलको प्रसंशा गरेका उनले भिडियोमा भनेका छन्- भज्जी (हजरभजन सिंह)भाइ ताली बजाइरहेका छन्।

लगत्तै भारतका पूर्व बलर हरजभन सिंह भिडियोमा भन्छन्- यो भन्दा पहिला मै यस्तो कहिलै देखेको थिइनँ।

कमेन्टेटर जतिन सप्रले म्याक्वेलको यो पारीको तुलना १९८३ को विश्वकपमा कपिल देवले खेलेको पारीसँग गरेका छन्। त्यो बेला कपिलले १७५ रनको अभिजित पारी खेलेका थिए। उनले भनेका छन्, ‘कपिल पाजीको १७५ रनको पारी लाइभ देख्न पाइन्। देखेको भए कस्तो महसूस हुन्थ्यो भन्ने कुरा आज थाहा भयो।’

मंगलबार वानखडेमा भएको खेलमा अफगानिस्तानले दिएको २९२ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाको ब्याटिङ निकै कमजोर देखिएको थियो। १९औं ओभरमा ९१ रन बनाउँदा अष्ट्रेलियाका ७ जना ब्याट्सम्यान पवेलियन फर्किसकेका थिए। तर ग्लेन म्याक्सवेलले टी-२० फर्म्याट जस्तो बिष्फोटक ब्याटिङ गरे। उनले १२८ बलमा २०१ रन बनाए। त्यसो त म्याक्सवेलले विस्फोटक ब्याटिङ गर्दा क्याप्टेन पेट कमिंसले टेस्ट म्याच जस्तो धर्यतापूर्वक पारी सम्हालेका थिए। उनले ६८ रनमा केवल १२ रन बनाएका थिए। यी दुईको पार्टनरसिपको सहयोगमा १९ बल बाँकी छँदै अष्ट्रेलियाले ३ विकेटले नतिजा आफ्नो पोल्टामा पारेको थियो।

यो खेलमा सबैभन्दाधेरै तारिफ भइरहेको छ-म्याक्सवेलको। उनी मांसपेशीको समस्याबाट जुधिरहेका थिए। तर उनले दुखाईको प्रवाह नगरी क्रिजमा टिकिरहे। जसले आफ्नो टिमलाई मात्रै जिताएनन्, व्यक्तिगत दोहोरो सतक समेत पुरा गरे।

पाकिस्तानको खेल च्यानल ए स्पोर्टस्को कार्यक्रम द पलेलियनमा खेलको समिक्षाका क्रममा पूर्व क्रिकेटर वसीम अकरमले क्र्याम्प(पिँडुला)कोदुखाईका बाबजूद म्याक्सवेलको शान प्रदर्शन कमाल भएको बताए। खेलका क्रममा म्याक्सेवल पटक-पटक ढलेका थिए, फिजियोले उपचार गरिरहे। उनको ब्याटबाट रन बनिरह्यो। ‘यो वान म्यान शो थियो। एक खेलाडीले खेल जिताउन सक्दैन भनिन्थ्यो। तर यो भनाइ झुट सावित भयो। आज हामी एक खेलाडीले खेल जिताउन सक्ने तथ्यको साक्षी भयौं। खेल जिताउन जुझारुपन हुन आवश्यक छ,’ उनले भने, ‘क्रिकेटरले बताउँछन् कि क्र्याम्प (पिँडुला)दुखाई कति खतरनाक हुन्छ। म्याक्सवेल क्र्याम्पबाट जुधेर पनि उनले देखाएका छन् कि वान डे क्रिकेटमा उनी विश्वका सर्वश्रेष्ठ खेलाडी हुन्। मैले २० वर्ष खेलेँ। त्यसपछि पनि २० वर्ष देखि क्रिकेटसँगै जोडिएको छ। तर मैले यस्तो पारी कहिलै देखेको थिइनँ।’

सोही कार्यक्रममा पाकिस्तानका पूर्व क्याप्टेन मिसबाह उलहकले भनेका छन्-जब म्याक्सवेलाई मन लाग्यो, तब उनले छक्का र रिभर्स स्विप मारिरहेका थिए। क्रिकेटमा अक्सर ब्याटिङका लागि वेस, फुटवर्क र खुट्टाको शक्ति चाहिने बताइन्छ। तर म्याक्सेवलले हातको शक्ति प्रयोग गर्दै शानदार खेले।

क्र्याम्प हुँदा हुने समस्याबारे उल्लेख गर्दै मिसबाहले भनेका छन्- जब क्र्याम्प हुन्छ तब कम्मर भन्दा तलको तागत लगाउँदा धेरै दुख्छ। म्याक्सवेललाई पनि त्यही भएको थियो। तर उनले नाडीको प्रयोग गरे। उनको नाडीको गति, तागत र बलसँगको कनेक्शन शानदार थियो। सोही कारण आरामले छक्का हानिरहेका थिए।

क्र्याम्प कारण म्याक्सवेललाई दौडिन समस्या भइरहेको थियो। कुनै बेला उनी उनी लर्खराइरहेका थिए। पछि त हालत यस्तो भयो कि उनलाई उभिन समेत समस्या भएको थियो। यसका बाजूद पनि उनले पेश, स्पिन र सबै प्रकारका बलमा उत्कृष्ट शट खेलेका थिए।

पूर्व पाकिस्तानी क्रिकेटर शोएब मलिकले सोही कार्यक्रममा दुखाईका कारण हिँड्न नसक्ने अवस्थामा पुगेका म्याक्वेलले कसरी छक्का, चौका हाने भन्नेबारे खुलाएका छन्। उनले भनेका छन्- म्याक्सवेल पावर हिटिङ गरिरहेका थिए। सामान्यतयाः ब्याट्सम्यान बेस बनाउँछन्। बललाई पर्खिँदा थोरै झुक्छन् अनि बलको हिसाबमा मुभमेन्ट गर्दै शट खेल्छन्। तर म्याक्सवेललाई मुभ गर्दा दुखिरहेको थियो। त्यस्तो अवस्थामा उनी एकै पोजिशनमा उभिइरहे।

उनले थपेका छन्- म्याक्सवेलले दुवै खुट्टामा बराबर तौलको ब्यालेन्स गरेका थिए। पावर हिटिड्डमा यस्तो गर्न जरुरी हुन्छ। त्यसो गर्दा तपाईको हात बल नजिक जान्छ। पावर हिटिङका लागि आर्म्स एक्सटेन्सन महत्वपूर्ण हुन्छ।

पाकिस्तानका पूर्व क्रिकेटर मोइन खानले सोही कार्यक्रममा भनेका छन्- अपगानिस्तानका बलरले अधिकांश छक्का अनुहारको अगाडी फालेको बलमा खाए। यदी उनीहरुले सर्ट बल फालेका भए म्याक्सवेलले कम्मर भन्दा तलको भागको प्रयोग गर्नुपर्थ्यो। जसका कारण उनलाई समस्या हुन्थ्यो। उनले ओभरपिच बलमा छक्का हाने। स्पिनर होइन तिव्र गतिका बलरले शर्ट पिचमा बलिङ गरेका भए कुरा अर्कै हुन्थ्यो।

उनले म्याक्सवेलको तारिफ गर्दै थपेका छन्- एक उनले कमाल खेले। यो पारीको प्रसंशाका लागि कुनै शब्द छैन। आफ्नै दममा खेल जिताए। आठौं विकेटका लागि २०० भन्दा धेरै रनको साझेदारी कमाल थियो।

मोइन खान र मिसबाह उलहक दुवैले अन्तर्राष्ट्रिय क्रिकेट देखि क्लब क्रिकेटसम्म यस्तो पारी कहिलै नदेखेको बताइ। माहान भारतीय क्रिकेटर सचिन तेन्दुलकरले म्याक्सवेलको पारी आफूले देखेको सबैभन्दा उत्कृष्ट पारी भएको बताए। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्- अन्तिम २५ ओभरमा म्याक्सवेलले जे गरे, त्यसले खेलको भाग्य फेरियो। म्याक्स प्रेशरमा म्याक्स पर्फमेन्स। यो मैले देखेको बैभन्दा सर्वश्रेष्ठ वान डे पारी हो।

पूर्वक्रिकेटर लक्ष्मणले एक्समै लेखेका छन्- क्रिकेट फिल्डमा सबैभन्दा उत्कृष्ट पारी मध्येको एक। अहिलेसम्मका सबैभन्दा महान पारी मध्येको एक। यो पारीले कहिलै हान मान्न हुँदैन भन्ने शिक्षा दिएको छ। म्याक्सवेलका लागि ताली, यो अविश्वसनीय पारी हो।

विरेन्द्र सहवागले म्याक्सवेलको यो पारीलाई वान डे क्रिकेटको सबैभन्दा महान पारी मध्यको एक बताउँदै लामो समयसम्म यो पारीलाई याद गरिने बताएका छन्। उनले एक्समा लेखेका छन्- यो वान डे इतिहासको सबैभन्दा महान पारी मध्येको एक हो। म्याक्सवेलको शानदार पारी। उनलाई पेन्ट किमन्सले राम्रो साथ दिए।

बीबीसी हिन्दीबाट

प्रकाशित: २०८० कार्तिक २२ गते बुधबार ०२:२६
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना