काठमाडौँ- राष्ट्रपति रामचन्द्र पाैडेलले भूकम्पका घाइतेको उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका छन्। स्वास्थमन्त्री माेहनबहादुर बस्नेतसँगको भेटमा उनले यस्तो आग्रह गरेका हुन्।
राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत भूकम्पप्रभावितहरूकाे अवस्था,उपचार सेवा र सुविधालगायतका विषयमा राष्ट्रपति पौडेलले जानकारी लिएका थिए।
‘उपचार प्रक्रियालाई सहज,सरल प्रभावकारी र गुणस्तरीय बनाउन तथा यसमा सरकारका तर्फबाट कुनै पनि कसर बाँकी नराख्न आग्रह गर्नुभएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने।
अस्पतालहरूकाे स्तरवृद्वि, आधुनिक उपकरण, दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीकाे व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाहका बारेमा पनि चासो राखेका थिए।
जाडोयामसंँगै देखापर्ने विभिन्न राेगकाे उपचारका लागि पनि बेलैमा आावश्यक तयारी गर्न पनि उनले आग्रह गरे।
