काठमाडौँ- नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) तिब्बतका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।
प्रधानमन्त्री दाहालसँग भेटका लागि बिहीबार बिहान वाङ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
भेटमा दुई देशबिचको आपसी सहकार्य र हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।
सचिव वाङ छुङछेङ नेतृत्वको टोली बुधबार नेपाल आएको हो।
टोलीले बुधबारबाटै राजनीतिक भेटवार्ता थालेको छ।
टोलीले पोखराको पनि भ्रमण गर्ने बताइएको छ।


