काठमाडौं– मन्त्रिपरिषद् बैठकले निर्माणाधिन तीन वटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने निर्णय गरेको छ। विहिबार संहदरबारमा बसेको बैठकले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन क्रिकेट रंगशकालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको हो।
सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले क्रिकेटमा निकै राम्रो सम्भावना देखिएकाले सरकारले रंगशाला निर्माणलाई प्राथमिकतामा राखेको बताइन्।
