काठमाडौँ- जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा बहस नोट बुझाउन आदेश दिएको छ।
बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले यस्तो आदेश दिएको हो।
बहस नोट बुझाउनका लागि मंसिर २२ गतेसम्मको समय दिइएको सन्दीप लामिछाने पक्षका वकिल मुरारी सापकोटाले बताए। यो मुद्दामा अर्को पेशी मंसिर २४ का लागि तोकिएको छ।
अन्तिम सुनुवाइका लागि पर्खँदै आएको यो मुद्दा आठ महिनासम्म न्यायाधीशहरूको इजलासमा पुग्दै पन्छिँदै आएको छ।
लामिछानेमाथि नाबालिग बलात्कारको अभियोग लागेको छ।


