काठमाडौं- नेपाल रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरले ल्याएको आकर्षक उपहार योजना ‘दशैंमा दश लाख’ योजना अब छठस्म्म उपलव्ध हुने भएको छ । कम्पनीले छठ पर्व सम्मको लागि योजनाको अवधि थप गरेको छ । यो योजनाअन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी रु. १० लाख नगद जित्न सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकहरुले रु. १०,००० सम्मको थप स्क्रयाच कार्ड पाउन सक्नुहुनेछ वा रु. १२,५०० बराबरको ५ वर्षै ब्ःऋ एबअपबनभपाउन सक्नुहुनेछ । कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले ‘१ फाइनान्स योजना’ मा पनि यो ‘दशैंमा दश लाख’ योजनाउपलब्ध गराइरहेको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा रु. १ लाख सम्मको आकर्षक छुट पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
स्क्रयाच कुपन मार्फत १० लाख सम्मको नगद पुरस्कार जित्न सकिने यो योजनामाहाल सम्मसुनिल सापकोटा,मनोज कुमार शाह,तारा शिरिष थापा मगर, नीरज चौधरी, भरतपुरका हरि प्रसाद पौडेल, शुशीला कुमारी कार्कीले स्क्रयाच कुपनमा २५ हजार जित्नु भएको छ ।साथै यो उपहार योजनाका साथमा दस हजार र पाँच बर्षका लागि मर्मतसम्भार मध्ये कुनै एक रोज्न सकिने अर्को स्क्रयाच कुपन उपहार योजना पनि समावेस छ ।
उमेश रायमाझीले भने स्क्रयाच कुपन मार्फत् २५ हजार र थप स्क्रयाच कुपन उपहार योजना बाट थप ७ हजार गरि जम्मा ३२ हजार जितेका छन । त्यस्तै, डिकेश महर्जनले स्क्र्याच कुपनमार्फत् नगद रु. ३० हजार जितेका छन् । उक्त उपहार योजना अन्तर्गत नै बिमल बहादुर प्रजापतिले स्क्रयाच कुपन मार्फत् ५० हजार नगद जितेका छन । सरोज पोख्रेल र प्रेम बहादुर खत्रीले स्क्रयाच कुपन मार्फत् क्रमसः नगद रु. एक लाख र नगद रु. दुई लाख जित्न सफल भएका छन ।
’होण्डा छ साथ साथ’ नाराका साथ कम्पनीले लिएर आएको ’होण्डा दशैँमा दस लाख’ उपहार योजना अन्तर्गत स्क्रयाच कुपन मार्फत अहिलेसम्म जितिएको सर्वाधिक ठुलो धनरासी भने ५ लाख रुपैयाँ रहेको छ । धादिङ्गका राम कुमार श्रेष्ठले यस उपहार योजना अन्तर्गत अहिले सम्ममा सर्वाधिक ठुलो रकम उपहार रु. ५ लाख जितेका थिए ।
यस उपहार योजना अन्तर्गत स्क्रयाच कुपन मार्फत जितिने भनिएको अधिकतम उपहार रु. दस लाख भने हाल सम्म पनि जितिएको छैन । हाल सम्मका सम्पूर्ण विजेताहरुलाई हार्दिक बधाई दिँदै कम्पनीले, ‘होण्डा दशैँमा दस लाख’ योजना मार्फत अझै पनि जित्ने सम्भावना रहेको प्रथम पुरस्कार रु. दस लाखको भाग्यशाली विजेता चाँडै नै प्राप्त हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।


