काठमाडौं – स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रेको बुधबार राति सम्पन्न सेमीफाइनल खेलमा बार्सिलोनालाई ४–० ले हराउँदै रियल मड्रिड फाइनलमा पुगेको छ। सेमीफाइनल खेलको दोस्रो लेगमा रियलले फराकिलो जित निकालेपछि समग्रमा ४–१ को अन्तरका साथ फाइनल पुगेको हो।
यसअघि रियलको मैदानमा सम्पन्न पहिलो लेगको खेलमा बार्सिलोनाले १–० जित निकालेको थियो। बुधाबर रातिको दोस्रो लेगको खेलमा भने रियलले सानदार जित निकालेर फाइनल प्रवेश गरेको हो।
रियललाई जित दिलाउन करिम बेञ्जिमाले ह्याट्रिक गरेका थिए। उनले ५०, ५८ र ८० औं मिनेटमा ह्याट्रिक गरेर खेलमा जित निकालेका हुन्। यता पहिलो हाफको इन्ज्युरी समयमा नै रियलका लागि भिनिसियस जुनियरले अग्रता बनाएका थिए।


