हुम्ला– हुम्लाबाट उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको जहाजमा समस्या देखिएको छ। सिमकोट विमानस्थलबाट बाँकेको नेपालगञ्ज उड्न लागेको जहाजमा प्राविधिक समस्या देखिएको छ। हवाईजहाजमा समस्या देखिएपछि चढिसकेका यात्रुहरुलाई ओरालिएको छ ।
नेपाल एयरलाइन्सको जहाजले आज बिहान आठ बजे नेपालगञ्ज उडान भर्ने तयारी गरिरहेको थियो। हवाई जहाज बनाउन नेपालगन्जबाट प्राविधिक बोलाइएको छ।
