२०८३ साउन १३ गते बुधबार

मर्जरपछि अन्याय गरिएको भन्दै आशा लघुवित्तका कर्मचारी आन्दोलित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १
aasha

हेटौँडा- आशा लघुवित्त वित्तीय संस्थाका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। साविकको राष्ट्र उत्थान लघुवित्तबाट आएका कर्मचारीमाथि आशा लघुवित्तले अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाउँदै सामूहिक राजीनामा बुझाएका हुन्।

इमेलबाट सामूहिक राजीनामा बुझाएका आशा (साविक राष्ट्र उत्थान)का कर्मचारीहरू शुक्रबार हेटौँडामा जम्मा भई ११ बुँदे मागपत्र सार्वजनिक गरेका छन्।

आशाले राष्ट्र उत्थानलाई प्राप्ती गरेपश्चात आशा लघुवित्तका नाममा २०८० असार ३१ गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो। एकीकृत कारोबार सुरु भएको ४ महिनासम्म व्यवस्थापन गरिसक्नुको सट्टा उल्टै कर्मचारीमाथि अन्याय गरेपछि आन्दोलनको तयारीसहित राजीनामा दिएको उनीहरुको भनाइ छ।

लघुवित्तका निमित्त सहायक निर्देशक बद्रिप्रसाद दुलालको नेतृत्वमा कर्जा असुली तथा अनुगमन विभागका विभागीय प्रमुख रविन खतिवडा र शाखा सञ्चालन तथा तालिम विभागका विभागीय प्रमुख पुस्कर मिश्रले शाखा निरीक्षणका बाहनामा मादक पदार्थको सेवन गरी तत्कालीन राष्ट्र उत्थानका कर्मचारीमाथि ‘टर्चर’ दिने व्यवहारसमेत गरेको आरोप छ।

‘काममा अनावश्यक दबाब दिएको, विभिन्न शाखामा गई कर्मचारी नभए पनि लघुवित्तलाई कुनै फरक नपर्ने भनी धम्कीपूर्ण भाषाको प्रयोग गरेकोप्रति हाम्रो घोर आपत्ति छ,’ कर्मचारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सेवा सुविधा समायोजन गरी हाम्रा माग पूरा नगरेमा कामलाई निरन्तरता दिन सकिन्न।’

के छन् माग?
१.मिति: २०८०/०३/३१ देखि साबिक आशा लघुवित्त वित्तीय संस्था लि.ले राष्ट्र उत्थानलाई प्राप्ति गरे पश्चात् आशा लघुवित्त वित्तीय संस्था लि.को नाममा रूपान्तर भई सम्पूर्ण नीति नियम आशा लघुवित्तको रहने गरी एकीकृत कारोबार सञ्चालन भएको चार महिना समाप्त हुँदा समेत कर्मचारी सेवा सुविधा समायोजन नभएको हुँदा मिति: २०८०/०८/०१ देखि लागु हुने गरी सम्पूर्ण सेवा सुविधा समायोजन गरिनु पर्ने। तथा साबिक राष्ट्र उत्थानमा खाइपाइ आएको ग्रेडलाई पैसामा नभई ग्रेडमै कायम गरिनु पर्ने।

२. आन्तरिक बढुवा गर्दा संस्थामा आवद्ध भएको समय, कार्य अनुभव र संस्था प्रति गरेको योगदानको आधारमा नभई साबिक राष्ट्र उत्थानले मिति: २०८०/०३/२९ गते कर्मचारी श्याम कुमार श्रेष्ठको बढुवाको निर्णय कुन नीति तियममा रही, कुन किसिमको मूल्याङ्कनको आधारमा र के को तालमा गरिएको हो ? सोको स्पष्टीकरण कार्यकारी निर्देशकले दिनुका साथै विगत १०/१२ वर्ष देखी संस्थामा संस्थाको उद्देश्य प्राप्तिको लागी योगदान गर्दा त्यस्ता किसिमका कर्मचारीहरूको कुनै मुल्याङकन नहुने र अवसर दिनु नपर्ने यस्तो नीति विपरीत मनोमानी ढङ्गले गरिएको निर्णय मान्य नहुने भएकोले तत्काल उल्ट्याई फिर्ता लिनुपर्ने। आगामी दिनमा कुनै थप जिम्मेवारी प्रदान गर्दा वा बढुवा गर्दा सर्वप्रथम कार्य अबधी र योग्यताको आधारमा गरिनु पर्ने।

३.एकीकृत कारोबार सञ्चालन भए पश्चात् केन्द्रीय कार्यालयबाट साबिक राष्ट्र उत्थानको शाखा कार्यालयहरू अनुगमन गर्ने क्रममा आगामी दिनमा नीति नियम अनुसार संस्थाको कार्यक्रम सञ्चालनमा एकरूपता ल्याई संस्थाको उद्देश्य प्राप्ति गर्नको लागि कर्मचारीहरूमा हौसला प्रदान गर्नु पर्नेमा मादक पदार्थको सेवन गरी कार्यालय प्रवेश गरेको, संस्थाको विद्युतीय हाजिरी निर्देशिका अनुसार कार्यालय समय पश्चात् शनिवारको दिन बिदाको दिन अनावश्यक विषयमा जुन केन्द्रीय कार्यालयको निर्देशन बिना शाखाले गर्न नपाइने कुरामा समेत निहुँ खोज्ने महिला कर्मचारीहरूलाई समेत गाली गलोज गर्ने, अपशब्दहरू प्रयोग गर्ने, कर्मचारीहरूको फोन खोस्ने जागिर छोड्न दबाब लगायतका निन्दनीय कार्यहरू गरेकोले त्यसको घोर भर्त्सना गर्दै निमित्त प्रमुख कार्यकारी निर्देशक बद्री प्रसाद दुलाल, र शाखा सञ्चालन तथा तालिम विभागका विभागीय प्रमुख श्री पुष्कर मिश्रले राजीनामा दिनुपर्ने

४. कर्मचारी बढुवा घटुवा सरुवा नियुत्ती गर्दा पूर्ण रूपमा विनियमाबलीमा तोकिए बमोजिम गरिनु पर्नेमा मनलाग्दी तवरले कुनै कर्मचारीलाई पाँच वर्ष सम्म आफ्नो पायक पर्ने शाखामा राख्ने र कुनै कर्मचारीलाई ६/६ महिनामा सरुवा गर्ने जस्ता कार्य केको आधारमा गरिएको हो। सो कार्य तत्काल बन्द गरी लामो समय देखी एउटै शाखा वा उपत्यका भित्र रहेकालाई समेत उपत्यका बाहिर मिति: २०८० /०८/०१ देखिने गर्ने व्यवस्था मिलाउनु पर्ने। साथै मिति २०८० असोज महिनामा गरिएको सरुवा र घटुवा कुन नीति नियमको आधारमा गरिएको हो ? त्यसको जवाफ सम्बन्धित निकायले दिनुका साथै तत्काल उल्टाई फिर्ता लिनु पर्ने।

५. कर्मचारीको सरुवा गर्दा एक शाखामा दुई वर्ष पुरा पश्चात् गरिनु पर्ने यसरी सरुवागर्दा दुर्गम तथा सुगम भेग छुट्टाई दुर्गममा रहनेलाई दुर्गम भत्ताको व्यवस्था गरिनुका साथै शाखा कार्यालयमा सरुवा भई आउने तथा जाने कर्मचारीहरूको बारेमा सम्बन्धित शाखा प्रबन्धकलाई जानकारी पश्चात गरिनु पर्ने र सरुवा भई टाढा गएका कर्मचारीहरूलाई सरुवा भई जाने कार्यालयमै बस्ने व्यवस्था मिलाउनु पर्ने।

६. संस्थाको नीतिगत निर्देशनलाई इमेलको प्रयोग नगरी सामाजिक सञ्जाल (भाइवर) को प्रयोग दिन प्रतिदिन बढाउँदै गएकोले सामाजिक सञ्जाल तत्काल बन्द गरी संस्थाको नीतिगत निर्देशन इमेल मार्फत दिने पालना गर्ने गराउने गर्नु पर्नेमा यस्ता गैर कानुनी तवरले कर्मचारीहरूलाई मानसिक तनाव दिने कार्यको भर्त्सना गर्दै आजकै मिति देखी (भाइवर) मार्फत गरिएका निर्देशनको पालना नगरिने र बन्द गरिनु पर्ने।

७. कुनै पनि आधिकारिक निर्देशन बिना फोन तथा भाइवरको प्रयोग मार्फत अनावश्यक रूपमा टार्गेटको बाहानमा दिइने प्रेसरमा मासिक टार्गेट एनपीएल घटाउने बाहानमा लामो समय देखी खराब वर्गमा परेका कर्जाको no hit रिपोटको प्रयोग गरी खराब कर्जालाई लगानी देखाई अनावश्यक कर्जाको भार पारी कर्जा थप गरी बचतमा राखी कर्जा तथा बचत वृद्धि देखाई कर्मचारीहरूलाई प्रतिबद्धता गर्न लगाई गैरकानुनी कार्य गर्दै आएकोले यस्ता गतिविधि तत्काल बन्द गरी वैकल्पिक माध्यमको खोजी गर्नु पर्ने। यस्तो किसिमको गैर कानुनी कार्यको भागी एक परिवारको भरोसा रहेको निर्दोष कर्मचारीमा पर्ने कारण सोको बारेमा बेलैमा सचेत हुन सम्बन्धित सबैमा ध्यानाकर्षण गराइन्छ।

८. विनियमावलिमा उल्लेख भए अनुसारको शैक्षिक योग्यताको आधारमा विभागीय प्रमुख नियुक्ति गरिनु पर्ने र भए नभएको तत्काल छानबिन गरी मिति २०८०/०८/०१ देखी लागु गर्नु पर्ने।

९.कर्मचारी सेवा विनियमावली र संस्थाको विद्युतीय हाजिरी कार्यविधिको परिच्छेद २ को उपविनियम ४.२ बमोजिम कार्यालय समयको पुर्णरुपमा पालना गर्नु पर्ने तथा शनिवार, सार्वजनिक बिदाको दिन काममा लगाउन नपाउने यदि काममा लगाउनु पर्ने आवश्यकता भएमा अतिरिक्त भक्ता वा सट्टा बिदाको व्यवस्था हुनुपर्ने र प्रदेश सरकारको बिदालाई समेत पूर्ण पालना गर्नु पर्ने।

१०. एकातिर मासिक लक्ष्य प्रगतिको बाहानमा उल्लेख भय अनुसारको लक्ष्य पुरा गर्ने प्रतिबद्धता गर्नु पर्ने भनी माथिल्लो निकायबाट प्रेसर दिने अर्कोतिर मासिक रूपमा शाखा प्रबन्धकले २० वटा केन्द्र निरीक्षण रिपोट ४० वटा कर्जा सदुपयोगता रिपोर्ट अनिवार्य गर्नु पर्ने, अनावश्यक रूपमा विविध शीर्षकको रजिस्टर खडा गर्न लगाई समय तथा कार्यालय बिचमा वृद्धि भएको तर्फ कुनै चासो नदिने, फिल्ड कर्मचारीहरूलाई दैनिक रूपमा बिहान ७ः३० देखी बेलुकी ५ः०० बजे सम्म फिल्डमा कुदाउने जुन कुराको असर दैनिक रूपमा कार्यालयको कार्य सम्पादनमा परेको तर्फ कुनै चासो नदिने र अनावश्यक रूपमा अनुगमन अधिकृतलाई रिपोट मात्र तयार पार्न लगाई एउटै शाखामा २ दिन बसाली होटलमा बस्न खान लगाई भएको खर्च र उपलब्धि को कुनै हिसाब नराखी गरेको कार्यप्रति ध्यानाकर्षण गराइन्छ।

११. विगत १ वर्ष देखी साबिक राष्ट्र उत्थानमा नियुक्ति गरिएको सम्पूर्ण तानिने कर्मचारीहरूलाई मिति २०८०/०८/०४ देखि लागु हुने गरी स्थायी नियुत्ती दिनु पर्ने।

प्रकाशित: २०८० मङ्सिर १ गते शुक्रबार १०:४१
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना