काठमाडौं- महिला टी–२० सिरिजअन्र्तगत जापानलाई नेपालले ४५ रनले पराजित गरेको छ । हङकङमा जारी चारदेशिय महिला टी–२० सिरिज नेपालले जापानलाई ४५ रनले हराएको हो।
यो सँगै नेपाल सिरिजको तेस्रो स्थान हासिल गरेको छ । नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर ११५ रन बनाएको थियो। जवाफमा ११६ रनको लक्ष्य पछ्याएको जापानले २० ओभरमा ६ विकेट गुमाए र ७० रन मात्र बनाउन सक्यो।
जापानका लागि ओपनर अकारी निशिमुराले सर्वाधिक २९, हिनासे गोतोले १६ र अहिल्या चन्डेलले ११ रन बनाइन्। अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।


