काठमाडौँ- एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेलमा भारतले तीन विकेट गुमाएको छ।
भारतको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर बलिङ रोजेको अस्ट्रेलियाले १०.४ ओभरसम्मको खेलमा भारतका तीन विकेट लिएको हो।
भारतका शुभमन गिल, कप्तान रोहित शर्मा र श्रेयर अय्यर आउट भएका हुन्। अस्ट्रेलियाका मितचेल स्टार्चले गिललाई, ग्लेन म्याक्सवेलले रोहित शर्मालाई र प्याट कमिन्सले अय्यरलाई आउट गराएका हुन्।
विश्वकप क्रिकेटको फाइनल हेर्न अस्ट्रेलियाका मन्त्री भारत आएका छन्। यो खेल हेर्नका लागि अस्ट्रेलियाका रक्षामन्त्री रिचार्ड मार्लिज मैदानमा उपस्थित हुनेछन्। मार्लिज अस्ट्रेलियाका उपप्रधानमन्त्री पनि हुन्।
उता भारतीय पक्षबाट प्रधानमन्त्री नरेन्द्र मोदी नै मैदान पुग्ने बताइएको छ।
सुरुवाती १०.४ ओभरमा भारतले ८२ रन जोडेको छ। खेल जारी छ।





