काठमाडौं- विश्वकप क्रिकेटको फाइनल खेलमा भारतका विराट कोहलीले अर्धशतक बनाएका छन्। अहमदावाद स्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भइरहेको फाइनल खेलमा कोहलीले ५६ बलमा ४ चौकाको मद्दतमा ५० रन पूरा गरे।
हालसम्म २६ ओभरको खेल चलिरहँदा भारतले ३ विकेट गुमाएर १४० रन बनाएको छ। भारतका ओपनिङ ब्याट्सम्यान शुभमन गिल पाँचौ ओभरमा ४ रनमै आउट भए। दशौं ओभरमा कप्तान रोहित शर्मा ४७ रनमा आउट भए। ११ औं ओभरमा कप्तान पास कमिङ्गसले भारतका श्रेयष अय्यरलाई ४ रनमा आउट गरेका थिए।
