काठमाडौं- एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भारतका केएल राहुलले अर्धशतक बनाएका छन्। अहमदावाद स्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भइरहेको खेलमा राहुलले अष्ट्रेलिया विरुद्ध अर्धशतक बनाएका हुन्। उनले ८६ बल खेल्दै ५० रन बनाएका हुन्। योसँगै भारतले ३४ ओभरको खेल सकिँदा चार विकेट गुमाएर १७३ रन बनाएको छ।
यसअघि खेलको २८.३ ओभरमा अष्ट्रेलियाका पास कमिङ्गसले विराट कोहलीलाई आउट गराएका थिए। कोहलीले ६३ बलमा ४ चौका सहित ५४ रन जोडेर आउट भएका थिए। भारतका ओपनिङ ब्याट्सम्यान शुभमन गिल पाँचौ ओभरमा ४ रनमै आउट भएका थिए।
दशौं ओभरमा कप्तान रोहित शर्मा ४७ रनमा आउट हुँदा ११ औं ओभरमा कप्तान पास कमिङ्गसले भारतका श्रेयष अय्यर ४ रनमा आउट भएका थिए।


