काठमाडौं- एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भारतले २०० रन पूरा गरेको छ। गुजरातको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियमा जारी खेलमा ४१ ओभरमा भारतले २०० रन बनाएको हो।
अस्ट्रेलियाले भारतका ६ विकेट लिएको छ। अष्ट्रेलियाका मित्सेल स्टार्सले केएल राहुललाई ४१.३ ओभरमा आउट गराए। राहुलले १०७ बलमा ६६ रनको योगदान गरे। राहुल आउट भएसँगै मोहम्मद शामी क्रिजमा आएका छन्। यो समाचार तयार पार्दाको समयमा भारतले ४२.२ ओभरमा २०८ रन बनाएको छ।
यसअघि अस्ट्रेलियाका वलर जोस हाजलउडले भारतका अलराउन्डर रविन्द्र जडेजालाई आउट गराए। जडेजा २२ बल खेल्दै ९ रन बनाएर पेबेलियन फर्किए। जडेजा आउट भएपछि आएका सूर्यकुमार यादवले १६ बलमा १० रन बनाएका छन्।
यसअघि खेलको २८.३ ओभरमा अस्ट्रेलियाका प्याट कमिङ्गसले विराट कोहलीलाई आउट गराएका थिए।
कोहलीले ६३ बलमा ४ चौका सहित ५४ रन जोडेर आउट भएका थिए।
भारतका ओपनिङ ब्याट्सम्यान शुभमन गिल पाँचौ ओभरमा ४ रनमै आउट भए।
दशौं ओभरमा कप्तान रोहित शर्मा ४७ रनमा आउट हुँदा ११ औं ओभरमा कप्तान कमिङ्गसले भारतका श्रेयष अय्यर ४ रनमा आउट भएका थिए।
अस्ट्रेलियाले एकदिवसीय क्रिकेटको उपाधि ५ पटक जितेको छ भने भारतले दुई पटक जितेको छ। यसपटकको विश्वकपमा भारत अपराजित छ।


