काठमाडौँ- एक दिवसीय विश्वकप क्रिकेटको फाइनल खेलमा अस्ट्रेलियाका ट्राभिस हेडले शतक प्रहार गरेका छन्।
गुजरातको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियमा भएको खेलमा हेडले ९८ बलमा १०६ रन बनाएका हुन्।
उनले १४ चौका र दुई छक्काको मद्दतमा शतक बनाएका हुन्।
भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३४.६ ओभर खेल्दै ३ विकेटको क्षतिमा १९२ रन बनाउन सफल भएको छ।
नेपाली सयमअनुसार दिउँसो २ बजेर १५ मिनेटमा सुरु भएको खेल जारी छ।
अस्ट्रेलियाली टिमलाई समर्थन गर्न त्यहाँका उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री रिचार्ड मार्लिज खेलमैदान पुगेका छन्। भारतीय पक्षबाट प्रधानमन्त्री नरेन्द्र मोदीलगायत सरकारका उच्च अधिकारीहरू मैदान पुगेका छन्।


