२०८३ कार्तिक ११ गते मङ्गलबार

ए डिभिजन लिग : बाध्यताको फुटबल

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २४
meghraj kc
थ्रीस्टारका प्रशिक्षक मेघराज केसी। तस्बिर : एन्फा

काठमाडौँ- यसपालि सहिद स्मारक ए डिभिजन लिगमा नेपाली फुटबलको धेरै कुरामा बाध्यताका उपज हुन्। थ्रीस्टार क्लबका मुख्य प्रशिक्षक मेघराज केसी यसै भन्छन्। उनकै टिममा छन्, भेट्रान खेलाडी विराज महर्जन र विक्रम लामा।

महर्जन र लामा कुनै समय नेपाली राष्ट्रिय फुटबल टिमका नम्बर वान डिफेन्डर हुन्। केसीकै टिममा छन्, भखैरै मैदान टेक्दै गरेका सुन्नी व्यञ्जनकार, प्रताप तामाङ, अस्विन भट्टराई।

‘हामीले खेलाएका कतिपय खलाडीलाई तपाईंहरुले देख्नु पनि भएको थिएन होला, सुन्नु पनि भएको थिएन होला। यो हाम्रो बाध्यता हो,’ प्रशिक्षक केसी भन्छन्।

हिजो मात्र सुन्नीले ८९ मिनेट खेले। युवा खेलाडी आयुष श्रेष्ठले पनि ६१औँ मिनेटमा मैदान प्रवेश गरेर अन्तिम मिनेटसम्म मैदानमा बिताए। तर, उनले गोलका दुई राम्रो अवसर खेर फाले। सायद उनको अनुभव कम भएर हुन सक्छ।

विक्रम लामा

‘हामीले नाम चलेको, स्टार खेलाडीलाई बाहिर राखेर उनीहरुलाई खेलाएको पनि होइन। अघिल्लो सिजनमा लिग खेल्ने ४० देखि ४५ खेलाडी विदेशिएको भन्ने समाचार सुन्छु। हिसाब गर्ने हो ८० खेलाडी मिसिङ छन्,’ बिहीबार च्यासल मैदानमा खेलपछि केसीले सुनाए।

मार्टिन अजयी तिनै खेलाडी हुन्, जो मेघराजको प्रशिक्षणमा खेल्न रुचाउँछन्। पछिल्लो सिजन मेघराज सातदोबाटोमा हुँदा मार्टिन पनि सातदोबाटोमै थिए। यो वर्ष दुवै थ्रीस्टारमा छन्। बिहीबार दिउँसो थ्रीस्टारले बलियो क्लब त्रिभुवन आर्मी क्लबलाई हराउँदा अधिकांश समय बलमा नियन्त्रण बनाएको थियो।

थ्रीस्टारको पछिल्लो खेल हेर्दा त कस्तो देखिन्छ भने मार्टिन अजयी चलेको अवस्थामा उसले जित्छ। नभएर जित कठिन हुन्छ। यसै प्रसंगमा केसी घुमाउरो शैलीमा भन्छन्, ‘हामीले धेरै दुःख गरेर टिम बनाइरहेको हो। हामीले सी डिभिजन पनि नखेलेको खेलाडीलाई ए डिभिजनमा ल्याएर खेलाइरहनु परेको छ। अब देखिने भनेका राम्रो खेलाडी त हो नि! मार्टिन त्यस्तै खेलाडी हुन्। उनले सँधै राम्रो खेल्ने गरेका छन्।’

बिदसिने खेलाडीको लर्कोले घरेलु फुटबलमा असर गरिरहेको विषय नौलो होइन। त्यसैले होला पुराना खेलाडी मैदान फर्किन थालेका छन्। लगातार हार बेहोरिरहेको नेपाल पुलिस क्लबको जुमानु राई लामो समयपछि मैदान फर्किए।

एनआरटीविरुद्ध जुमानु राई मैदान प्रवेश गर्दै गर्दा एनआरटीका प्रशिक्षक राजु काजी शाक्यले पुलिसका प्रशिक्षक भोला सिलवाललाई भनेका थिए, ‘सबै पुराना खेलाडी मैदान पस्दैछन्। म पनि खेलौँ कि के हो?’ उक्त खेलपछि यो कुरा शाक्यले लिगको अवस्था दर्शाउँदै भनेका थिए।

‘हामीले अरु क्लबले छाडेका विक्रम लामा, विराज महर्जन जस्ता खेलाडी ल्याएर मेहेनेत गरिहेका छौं। हामीले उनीहरुकोसम्मान पनि गर्नुपर्छ,’ केसीले भनेका छन्। विराज महर्जन अहिले ३२ वर्षका भए भने विक्रमको उमेर ३४ वर्ष लागिसक्यो। प्रायः नेपाली खेलाडीले यो उमेरमा फुटबल खेल्दैनन्।

खुमलटारविरुद्धको खेलमा थ्रीस्टारका खेलाडी विराज (सेतो जर्सीमा)

तर, नेपाली फुटबललाई खडेरी लागेको समयमा उनीहरुले अझै यो उमेरमा एक पटक नेपाली फुटबल बचाउनु पर्छ भनेर खेलिरहेको भान परेको प्रशिक्षक केसीको ठम्याइ छ।

‘युवा खेलाडीले खेलिरहेको भन्दा त उनीहरुलाई गाह्रो भइरहेको होला नि,’ केसीले भने, ‘र, उनीहरुलाई सम्मान पनि गर्नु पर्छ। उनीहरुको प्रदर्शन त कुनै पनि स्तरमा कम छैन। त्यसको लागि उनीहरुले कस्तो मेहेनेत गरिरहेका होलान। थ्रीस्टारको मात्र नभएर सबै क्लबको समस्या पनि हो, बजारमा खेलाडी नै छैनन्।’

यो कुरा त अहिले लिग हेर्न जाने सबैको मनमा गढेको छ। ‘उमेर र कौशल दुवै भएका खेलाडी खासै छैनन्। अहिले त कस्तो भने फुटबल छोडिसकेका खेलाडी ल्याएर पनि खेलाइरहेका छौं। धेरैजस्तो युवा खलाडीले नै अवसर पाएका छन्,’ केसीले भने्।

केसी नयाँ खेलाडीलाई अनुभवको कमीले गर्दाखेरी गाह्रो भएको उनी बताउँछन्। अहिले थ्रीस्टारमा मेघराजले गरिरहेको पनि त्यहि नै हो। ‘हाम्रो यो केटाहरुले आर्मीलाई यो हिसाबले खेलेर राम्रो नतिजा ल्याउनु भनेको काम गर्ने उत्साह थपिँदै जानु हो। हामी अझै राम्रो गर्दै जानेछौं,’ उनले भने।

अहिले लिगको छैटौं चरण सकिएको छ। अहिलेसम्म पनि क्लबहरुले खेलाडी ट्रायल गरिरहेका छन्। पाँचौ चरणपछिको १५ दिन ग्यापमा मोफसलका विभिन्न प्रतियोगिता खेल्दा पनि क्लबले खेलाडी जाँचमा धेरै समय बिताएका छन्। केसीसँग पनि त्यस्तै अनुभव छ। उनी सुनाउँछन, ‘व्यञ्जनकारले टिममा अभ्यास गरिरहेका थिए। लिगमा अवसर पाएको थिएनन्। मैले मोफसलमा खेलाएर हेरेँ। उसको भविष्य उज्जवल देखिन्छ।’

प्रकाशित: २०७९ चैत २४ गते शुक्रबार ०२:०६
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना