इलाम- भ्रमणका लागि इलाम गएको बस इलामको कोलबुङमा दुर्घटन भएको छ। कन्यामबाट फर्कंदै गरेको बस दुर्घटनामा एक जना बालकसहित दुईको मृत्यु भएको छ।
ना ६ ख ८४२४ नम्बरको बस आइतबार बेलुका ५ बजे इलामको रोङ गाउँपालिका- ३ कोलबुङमा दुर्घटनामा परेको थियो।
धनुषाकाे धनुषाधाम नगरपालिका-९ बाट भ्रमणका लागि कन्यामबाट फर्कंने क्रममा सडकबाट करिब ३०० मिटर तल खसेको थियो।
दुर्घटनामा परी मृत्यु हुनेमा धनुषाधाम नगरपालिका- ९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा र सोही ठाउँकी ४० महिला तुल्मा लामा छन्। दुर्घटनामा ३२ जना घाइते भएका छन्। उनीहरु सबै धारापानीका स्थानीय हुन्।
बस चालक धनुषाका ४१ वर्षीय हरीगिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपति नगरले नियन्त्रणमा लिएको छ।
घाइतेको विवरण
३० वर्षीय गणेश कुमारी मुक्तान
११ वर्षीय समिक्षा मुक्तान
१२ वर्षीय बालक शेखर मुक्तान
१२ वर्षीय बालिका निर्जला मुक्तान
३६ वर्षीय महिला अन्जु तामाङ
२ वर्षीय नावालिका स्मिरिका तामाङ
११ वर्षीय बालिका रिजा लामा
११ वर्षीय बालिका काजल नायक
१४ वर्षीय बालिका नितिशा मुक्तान
११ वर्षीय बालिका निशु लामा
४० वर्षीय महिला सुनमाया लामा
२० वर्षीय महिला कबिता घिसिङ
१३ वर्षीय बालक शौगात लामा
१४ वर्षीय बालिका बर्षा तामाङ
१५ वर्षीय बालक सिद्धार्था तामाङ
१५ वर्षीय बालिका स्वेक्षा लोकचन
१२ वर्षीय बालिका विविशा लोकचन
१५ वर्षीय बालिका रोजिना तामाङ
२८ वर्षीय महिला कल्पना कुमारी लामा
२९ वर्षीय महिला शान्ता पाख्रिन
१८ वर्षीय महिला सान्ध्या मोक्तान
३५ वर्षीय महिला मनमती लामा
३० वर्षीय महिला ज्ञानु लामा
१८ वर्षीय महिला प्रतिक्षा लामा
४५ वर्षीय महिला लाल कुमारी लामा
, ४०वर्षीय पुरुष बीरबहादुर लोकचन
१५ वर्षीय बालक कर्ण मुक्तान
१५ वर्षीय बालक कुशुम घिसिङ
६० वर्षीय महिला शान्तमाया तामाङ
३५ वर्षीय पुरुष अनिल परियार
२० वर्षीय महिला रचना घिसिङ
३५ वर्षीय पुरुष संजोक तामाङ
१८ वर्षीय महिला रेनु घिसिङ
१६ वर्षीय समिक्षा लामा
