काठमाडौँ- बझाङको धमेना केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अहिले बिहान ११ बजेर ३७ मिनेटको समयमा भूकम्प गएको हो।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले बझाङमा धमेनामा भूकम्पपछि फेरि परकम्प गएको जानकारी दिए।
‘धमेना केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलकोे परकम्प गएको हो,’ उनले भने, ‘बझाङ आसपासका जिल्लामा समेत परकम्पको धक्का महसुस गरिएको जानकारी प्राप्त भएको छ।’
गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसयता धेरैपटक परकम्प गएको केन्द्रले जनाएको छ।
कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो।
उक्त भूकम्पमा परी १५४ जनाको मृत्यु भएको छ भने ६२ हजारभन्दा बढी घरमा क्षति पुगेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जानकारी दिएको छ।
जाजरकोट भूकम्पले घर भत्काएपछि पालमा बसेकामध्ये ७ जनाको चिसोका कारण मृत्यु भएको छ।


