काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले रामशाहपथ अन्तर्गत पद्मोदयमोडदेखि माइतीघर मण्डला हुँदै नयाँबानेश्वर चोकसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबारैदेखि लागु हुने गरी ३० दिनका लागि उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो।
यो क्षेत्रमा अबका ३० दिनसम्म ५ जनाभन्दा बढी भेला हुन जुलुस र प्रदर्शन गर्न नपाइने भएको छ।
मंसिर ७ मा नेकपा एमाले निकट युवा विद्यार्थी र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रदर्शन गर्ने तयारी गरेकाले झडपको सम्भावना भएको भन्दै प्रशासनले रोक लगाएको हो।
सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत माइतीघर मण्डला, बबरमहल, बिजुलीबजार र नयाँ बानेश्वरचोक निषेधित क्षेत्रभित्र परेका छन्।



