काठमाडौँ- टिकटक प्रतिबन्धविरुद्धको रिट न्यायाधीश विनोद शर्माको इजलासमा परेका छन्। टिकटकमाथिको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै दायर १४ रिटमाथि मंगलबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो।
शर्माको इजलासमा पेसी तोकिएको टिकटक प्रतिबन्धविरुद्ध रिट यसअघि सोमबार तोकिएको थियो। सोमबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा परेका रिटहरू ‘हेर्न नभ्याउने’ सूचीमा परेका थिए।
सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।
गत कात्तिक २७ गतेको मन्त्रीपरिषद् बैठकबाट टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।


