काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले डा. अभिषेकराज सिंहलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मेडिकल संयोजकमा नियुक्त गरेको छ। संघले पहिलोपटक टोलीमा मेडिकल संयोजक नियुक्त गरेको हो।
सङ्घका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमको मेडिकलसम्बन्धी कामको सहजीकरण गर्ने उद्देश्यले डा. सिंहलाई मेडिकल संयोजकमा नियुक्त गरिएको हो।
यसअघि राष्ट्रिय क्रिकेट टोलीमा चिकित्सक थिएनन्। नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो स्थान जोगाउन सफल भएलगत्तै सङ्घले डा. सिंहलाई मेडिकल कोअर्डिनेटर नियुक्त गरेको हो।
सचिव पाठकले राष्ट्रिय क्रिकेट टोलीका लागि चिकित्सक नियुक्त भएपछि खेलाडीमा भरोसा वृद्धि हुने विश्वास व्यक्त गरेका छन्। डा. सिंहले आफ्नो अनुभवलाई राष्ट्रिय क्रिकेट टोलीका लागि भरपुर सदुपयोग गर्ने बताएका छन्।


