पाँचथर- सप्तमी कपको उपाधि आरोहण क्लबले जितेको छ। पाँचथरको मिक्लाजुङ्ग गाउँपालिका- २ सप्तमी बजारमा आयोजित सप्तमी कप फुटबल प्रतियोगिताको उपाधी घरेलु टिम आरोहण क्लबले जितेको हो।
श्री युवा वर्ष माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार भएको प्रतियोगिताको फाइनलमा फुएतप्पा इलामको फुङवा एफसिलाई ३-० गोलअन्तरले पराजित गर्दै आरोहणले उपाधी जितेको हो।
आरोहणको जितमा सबिन फ्यक, युरोप लिम्बु र समीर लिम्बुले गोल गरे। उपाधि जितेको आरोहण क्लबले नगद २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको फुङवा एफसिले नगद १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका फुङवा एफसिका टिम कप्तान विशाल लिम्बु म्यान अफ द म्याचको अवार्ड प्राप्त गरे। सप्तमी बजारका युवा समाजसेवी श्री सुर्य बहादुर आङ्देम्बेले म्यान अफ द म्याचलाई नगद १ हजार प्रायोजन गरेका थिए।
त्यस्तै प्रतियोगितामा कुल ४ गोल गरेका आयोजक टोलिका स्ट्राइकर रुपेन आङ्देम्बेले टप स्कोररको अवार्ड जितेका छन्। टप स्कोरर बनेका रुपेनले नगद ५०० रुपैयाँ प्राप्त गरेका छन् । साथै उपविजेता बनेको फुङवा एफसीले प्रतियोगितामा फेर प्ले टिमको अवार्ड प्राप्त गरेको छ।
प्रतियोगितामा कुल ३८ टिमको सहभागिता रहेको थियोे।


