काठमाडौँ- सर्वोच्च अदालतले टिकटक बन्द गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले एक दर्जन बढी रिटको एकीकृत सुनुवाइ गर्दै टिकटक बन्द गर्नुको कारण पेस गर्न आदेश जारी गरेको हो।
रिट निवेदकहरुको माग बमोजिम अन्तरिम आदेश जारी गर्न भने इजलासले अस्वीकार गरेको छ।
गएको कात्तिक २७ गते मन्त्रिपरिषद्ले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। टिकटकमाथि प्रतिबन्ध लागेसँगै १४ रिट दर्ता भएका थिए।


