२०८३ कार्तिक ११ गते मङ्गलबार

चेल्सी : लाम्पार्डदेखि लाम्पार्डसम्म

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २३
lampard

काठमाडौं– इंग्लिस प्रिमियर क्लब चेल्सी यो सिजनमा खराब लयमा गुज्रिरहेको छ। चेल्सी घरेलु लिगमा २९ खेलबाट ३९ अंक जोडेर ११औँ स्थानमा छ। जुन शीर्ष स्थानको आर्सनल भन्दा ३३ अंक कम हो। यो सिजनमा मात्रै चेल्सीले दुई प्रशिक्षक बर्खास्त गरिसकेकाे छ। र, क्लब सम्हाल्न पूर्व खेलाडी तथा प्रशिक्षक फ्र्यांक लाम्पार्ड आइपुगेका छन्।

चेल्सीले लाम्पार्डलाई प्रशिक्षकका रूपमा दोस्रो पटक स्वागत गरेको हो। लाम्पार्ड तिनै हुन्, जो दुई वर्षअघि बर्खास्तीमा परेका थिए।

दुई वर्ष पहिले र अहिले लाम्पार्डका लागि दुई वटा भिन्नता छन्। त्यो बेला उनी पूर्णकालीन प्रशिक्षक थिए, अहिले अल्पकालीन। दोस्रो फरक हो–क्लबका मालिक। त्यो बेला रोमन अब्रामोभिच क्लबका मालिक थिए, अहिले टड बोह्ली छन्।

बिहीबार दोस्रो पटक प्रशिक्षकका लाम्पार्डलाई सार्वजनिक गर्दै चेल्सीले भनेको छ, ‘प्रशिक्षक घर फर्किएका छन्।’

यसअघि लाम्पार्ड प्रशिक्षक हुँदा चेल्सी एफए कपको फाइनलसम्म पुगेको थियो। उनले आफ्नो प्रशिक्षणकालमा ८४ खेलमध्ये ४४ खेलमा जित दिलाएका थिए। तर, २०२०–२१ को सिजनमा लिगका ८ खेल मध्ये ५ खेलमा हार व्यहोरेपछि उनी बर्खास्तीमा परेका थिए।

एकै सिजन २२० मिलियन युरो खेलाडीमा खर्च गरे पनि चाहेको नतिजा दिन नसकेपछि क्लबले लाम्पार्डलाई बर्खास्त गरेको थियो।

आफू बर्खास्त भएपछि लाम्पार्डले क्लबप्रति असन्तुष्टि जनाएका थिए। ‘क्लबलाई अघि लैजानको लागि पर्याप्त समय नपाएकोमा म निकै दुःखी छु,’ उनले भनेका थिए, ‘खैर, जे होस्, यति ठूलो क्लब सम्हाल्न पाएको खुसी भने पक्कै छु।’

त्यो बेला लाम्पार्डले एकेडेमीका ८ जना खेलाडीलाई सिनियर टोलीमा डेब्यू गराएका थिए। त्यसरी डेब्यू गर्ने खेलाडीमा अरमान्डो बोर्जा, मेसन माउन्ट, रिस जेम्सलगायत हुन्।

अल्पकालीन प्रशिक्षक नै सही, तर चालु सिजनका बाँकी खेलमा चेल्सीलाई लयमा फर्काउने मौका लाम्पार्डसँग छ। सँगै आफूलाई प्रशिक्षकका रुपमा प्रमाणित गर्ने अवसर पनि।

‘म आउँदा क्लब निकै अप्ठ्यारो अवस्थामा थियो। त्यस्तो अवस्थाबाट हामीले पाएको सफलतामा मैले गर्व गरेको छु,’ उनले चेल्सीलाई बिदाइको हाल हल्लाउँदै भनेका थिए।

पूर्व मिडफिल्डर लाम्पार्डले त्यो बेला सन् २०१९ को जुलाईदेखि २०२१ को जनवरी सम्म क्लब सम्हालेका थिए।

लाम्पार्ड बर्खास्तीमा परेपछि चेल्सीका पूर्वप्रशिक्षक तथा टोटनहम हट्स्पर तत्कालीन प्रशिक्षक जोसे माउरिन्होले भनेका थिए, ‘फुटबलमा जे पनि हुन सक्छ। फुटबलको यो एक दुर्भाग्य हो। कसैले प्रशिक्षण गरिरहेको टिम गुमाउँछ भने यो ठूलो कुरा हो। तर, लाम्पार्डसँग बलियो व्यक्तित्व छ। म विश्वस्त छु, जब उनी फर्किन चाहान्छन्, फर्किन सक्नेछन्।’

क्लबका तत्कालीन मालिक अब्रामोभिचले लाम्पार्डलाई बर्खास्त गर्दै भित्र्याएका थिए, जर्मन प्रशिक्षक थोमस टुचेल।टुचेलले चेल्सीलाई च्याम्पियन्स लिग, सुपर कप र क्लब विश्वकपको उपाधि दिलाए। टुचेलकालमा च्याम्पियन्स लिग जितेको चेल्सी आगामी क्लब फुटबल विश्वकपका लागि छनोट भइसकेको छ। तर, चालू सिजनमा चेल्सीले खराब प्रदर्शन गरेपछि उनी पनि बर्खास्तीमा परेका थिए। जबकी उनी समर्थक माझ आलोचित भइसकेका थिएनन्। जारी सिजन सुरु भएको चार महिना नपुग्दै टुचेललाई बर्खास्त गरेको चेल्सीले ग्राहम पोटरलाई प्रशिक्षक बनायो।

पोटरको नेतृत्वमा चेल्सी अझ खराब लयबाट गुज्रियो। गत शनिबार एस्टन भिल्लासँगको २–० को हार व्यहोरेपछि उनले चेल्सीबाट हात धुन पर्‍यो। भिल्लाविरुद्ध उनको ३१ खेलमा ११औं हार थियो।

000

चेल्सीबाट बर्खास्त भएपछि लाम्पार्ड अर्को प्रिमियर लिग क्लब एभर्टन गएका थिए। तर, एभर्टनमा पनि उनको प्रशिक्षणकाल सुखद् रहेन। एभर्टनले गत जनवरीमा उनलाई बर्खास्त गरेको थियो। उनी एभर्टनमा प्रशिक्षक बनेको एक वर्ष पुग्न ८ दिन मात्रै बाँकी थियो। तर, क्लबले उनलाई हटायो।

प्रिमियर लिगका १२ खेलमध्ये ९ खेलमा पराजय व्यहोरेपछि क्लबले लाम्पार्डको प्रशिक्षणकालमा पूर्णविराम लगाएको थियो। तर, पोटरलाई बर्खास्त गर्ने चेल्सीको निर्णय लाम्पार्डका लागि मौका र परीक्षा दुवै भएको छ।

यो सिजनको खेलाडी सरुवा बजारमा ५५० मिलियन युरोभन्दा बढी रकम चेल्सीले खर्चिएको छ। चेल्सीले जनवरीमा कतार विश्वकपका सबैभन्दा उत्कृष्ट खेलाडी इन्जो फर्नान्डेसलाई अनुबन्ध गरेको छ। एथ्लेटिको मड्रिडबाट जाओ फिलिक्सलाई लोनमा अनुबन्ध गरेको छ। यस्तै मखाइलो मड्रिक पनि चेल्सीले जनवरीमा भित्र्याएका खेलाडी हुन्। तर, चेल्सीले खेलाडीमा गरेको लगानी अनुसारको प्रदर्शन भने गर्न सकेको छैन। खराब समय बिताइरहेको चेल्सीमा लाम्पार्डको पुनरागमन भएको छ।

अल्पकालीन प्रशिक्षक नै सही, तर चालु सिजनका बाँकी खेलमा चेल्सीलाई लयमा फर्काउने मौका लाम्पार्डसँग छ। सँगै आफूलाई अब्बल प्रशिक्षककारूपमा प्रमाणित गर्ने अवसर पनि। आगामी शनिबार लाम्पार्ड नेतृत्वको चेल्सीले उल्भ्ससँग खेल्नेछ। अप्रिल १२ मा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा चेल्सीले रियल मड्रिडको सामना गर्नेछ।

दोस्रो पटक चेल्सी सम्हाल्नुअघि उनले राम्रो गर्ने प्रयास रहने बताएका छन्। ‘अब म आफ्नो बेस्ट दिनेछु। मैले यहाँ लामो समय यहाँ रहनेबारेमा निर्णय लिएको छैन। यो सिजनको अन्तिमसम्म म यहाँ रहनेछु। यहाँ भएका ट्यालेन्ट देखेर म धेरै खुसी पनि छु,’ उनले भनेका छन्, ‘मलाई चेल्सीको प्रशिक्षक बन्ने विषयमा धेरै सोच्न पर्दैन। किनकि यो मेरो क्लब हो।’

हुन पनि चेल्सी उनकै क्लब हो। उनी एक दशकअघिसम्म चेल्सीका सफल खेलाडी थिए। उनी चेल्सीका कीर्तिमानी गोलकर्तासमेत हुन्। चेल्सीका लागि उनले सन् २००१ देखि लगातार १३ वर्षमा ६४८ खेल खेले। स्ट्यामफर्ड ब्रिजमा १३ वर्ष बिताएका उनले ११ मुख्य उपाधि जिते।

प्रिमियर लिगको औसत क्लबका रुपमा रहेको चेल्सीलाई अब्रामोभिचले २००३ मा किनेका थिए। त्यसपछि नै त हाे चेल्सीले लगातार उपाधि जित्न थालेको। त्याे बेलाका प्रशिक्षक थिए, जोसे माउरिन्हो। र, प्रमुख खेलाडीमध्येका एक थिए–लाम्पार्ड।

चेल्सी र लाम्पार्डबीचको गहिरो सम्बन्ध पुनः एकपटक नवीकरण भएको छ। र, सन् २००० पछि अहिलेसम्म चेल्सी खेलाडी वा प्रशिक्षकका रुपमा लाम्पार्डदेखि लाम्पार्डसम्म नै केन्द्रित छ।

प्रकाशित: २०७९ चैत २३ गते बिहिबार ०९:३९
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना