२०८३ कार्तिक १४ गते शुक्रबार

ब्राजिलको घरेलु मैदानमा अर्जेन्टिनाको जित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ६
braarg

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी महादेशको छनोट खेलमा ब्राजिलमाथि अर्जेन्टिनाले जित हात पारेको छ। चिरप्रतिद्वन्द्वी ब्राजिलको घरेलु मैदानमा अर्जेन्टिनाले १-० जित निकालेको हो।

ब्राजिलको माराकाना रंगशालामा समर्थकबीच झडप हुँदा ढिलो गरी सुरु भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा अर्जेन्टिनाले अग्रता लिँदा घरेलु समर्थक स्तब्ध बने। ६३ मिनेटमा निकोलास ओटामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए।

खेलको ८१ मिनेटमा ब्राजिल १० खेलाडीमा सीमित बन्यो। ब्राजिलका जोइलिन्टनलाई रेफ्रीले सिधा रातो कार्ड दिएर मैदान बाहिर पठाएका थिए। अर्जेन्टिनाका डि पललाई हातले धकेलेपछि उनलाई रातो कार्ड दिइएको थियो।

जितपछि अर्जेन्टिना शीर्ष स्थानमा छ। अर्जेन्टिनाको ६ खेलबाट १५ अंक छ। दोस्रो स्थानको उरुग्वेको १३ अंक छ। उरुग्वेले आजै बोलिभियालाई ३-० ले हरायो।

यता ब्राजिल भने छैटौं स्थानमा झरेको छ। ब्राजिलको ६ खेलबाट ७ अंक छ। ब्राजिल विश्वकप छनोटको सुरुवाती दुई खेलमा जित निकालेपछिका चार खेलमा जितविहीन छ।

तेस्रो खेलमा भेनेजुएलासँग १-१ गोलको बराबरी खेलेपछि ब्राजिलले विश्वकप छनोटमा लगातार तीन खेलमा हार बेहोरेको छ।

दक्षिण अमेरिकाबाट २०२६ को विश्वकपका लागि ६ टिम सिधा छनोट हुनेछ भने एक टिमले अन्तरमहादेशीय छनोट खेल्न पाउनेछ।

रियो दि जेनेरियोस्थित माराकाना रङ्गशालामा बिहान सवा ६ बजे खेल सुरु हुनुपर्ने भए पनि झडपका कारण खेल आधा घण्टा अवरुद्ध भएको हो।

दुवै टोली मैदानमा उत्रिएर राष्ट्रिय गान सकिए लगत्तै फ्यानहरूबीच कुटाकुट हुँदा रंगशाला केही बेर तनावग्रस्त बनेको थियो।

स्थितिलाई नियन्त्रणमा लिन हम्मेहम्मे परेपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले लाठी चार्ज गरेका थिए।

समर्थकहरूबीच झगडा हुँदा दर्शक आतंकित बनेका थिए। माहोल शान्त नबनेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आफ्ना खेलाडीसहित मैदानबाट बाहिरिएर ड्रेसिङ रूममा गएका थिए। केही समयमा माहोल शान्त भएर खेल सुरु भएको थियो।

प्रकाशित: २०८० मङ्सिर ६ गते बुधबार ०८:५९
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना