काठमाडौँ- कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुराइखी नेपाल आउने भएका छन्।
दुई दिने औपचारिक भ्रमणमा बिहीबार काठमाडौँ आउन लागेका हुन्।
भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
विदेश राज्यमन्त्री अल मुराइखीले परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
राज्यमन्त्री अल–मुराइखी भ्रमण सम्पन्न गरी शुक्रबार काठमाडौंबाट प्रस्थान गर्नेछन्।


