काठमाडौं- काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईँका समर्थकबीच धकेला धकेल भएको छ। प्रसाईँ समर्थक नेकपा एमालेको भातृसंस्था युवा संघसँग भिड्न अग्रसर भएपछि प्रहरीसँग धकेलाधकेल भएको हो। झडपको स्थिति निम्तन सक्ने भएपछि युवा संघको समुहलाई प्रहरीले कुलेश्वर तिर फिर्ता गरेको छ।
केही बेर अघि एमाले कार्यकर्ता बल्खुमा पुगेपछि दुवै पक्षबीच झडप भएको थियो। झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रमस्थलमा जान भनेको छ।
युवा संघका कार्यकर्ता चढेका र सडकछेउमा पार्किङ गरिएका मोटरसाइकल प्रसाईंका समर्थकले तोडफोड गरेका छन्। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले प्रसाईंका लागि बल्खु र एमालेका लागि तीनकुनेमा प्रदर्शन स्थल तोकिदिएको छ।


