काठमाडौं– मेडिकल व्यापारी दुर्गा प्रसाईंले आफूहरुको प्रदर्शन जनविद्रोह भएको बताएका छन्। बल्खुमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो बनाएका हुन्। उनले संघीयता भन्नेहरुलाई लखेट्नुपर्ने बताए। ‘देशलाई पुरानो नेपाल बनाउनुपर्नेछ। संघीयता भन्नेहरुलाई लात्ताले हानेर लखेट्नुपर्छ। हाम्रो यो आन्दोलन होइन, जनविद्रोह हो,’ उनले भने।
प्रसाईंले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आत्मसमर्पण भनेका छन्। उनले काठमाडौं कब्जा गर्ने चेतावनी समेत दिए। ‘अहिलेका प्रधानमन्त्री प्रचण्जी तपाईं सरेन्डर गर्नुहोस्, जनतासित आउनुहोस्,’ उनले भने, ‘हामीले अब काठमाडौँ कब्जा गर्नुपर्छ। संसद् भवन कब्जा गर्नुपर्छ।’


