काठमाडौँ- नेपाल सुपर लिग एनएसलको दोस्रो सिजनमा काठमाडौं रेजर्स एफसीले विजयी सुरुवात गरेको छ।
दशरथ रंगशालमा शुक्रबार भएको उद्घाटन खेलमा काठमाडौँले नयाँ टिम स्पोर्टिङ इलाम एफसीलाई १-० ले हराउँदै विजयी सुरुवात गरेको हो।
काठमाडौं रेजर्सका लागि राजीव लोप्चनले विजयी गोल गरेका थिए।
लिगमा शनिबार दुई खेल हुनेछ।












