काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स विजयी भएको छ। शनिबार दशरथ रंगशालामा भएको खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई १–० गोलले पराजित गरेको हो।
पोखराको जितमा मोसेस ग्याबा त्वामले गोल गरे। यो जितसँगै लिगमा पोखराले ३ अंक जोडेको छ। खेलको म्यान अफ दि म्याच पोखराका दिनेश राजवंशी भए। उनले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।


